सोनादाको मुण्डा बाँसघारी निवासी किड्नी रोगी रजत राईलाई बचाउन सहयोगको अपिल

IMG-20250130-WA0263

सोनादा: जन्मेपछि मानिस धेरै सोनादास्थित मुण्डा बाँसघारी निवासी रजत राई हालबाँच्न चाहान्छ। चाहे धनवान् परिवारमा जन्मोस् चाहे गरीब परिवारमा , तर जीवन जिउने रहर र अधिकार सबैलाई छ। फरक पैसा हुने कस्तै परिस्थितिमा पनि लडने क्षमता राख्छन् भने गरीबले बाँच्नको निम्ति एकार्काको सहयोग चाहन्छ। भनिन्छ -“मन्दिरमा चढाएको भेटी ढुङ्गाको मूर्तिलाई काम लाग्दैन तर एक असहायलाई गरेको सहयोग सदाको लागि धर्म र कर्म बन्छ।” विगत एक वर्षदेखि मृगौला रोगले पीडित सोनादास्थित मुण्डा बाँसघारी निवासी रजत राई हाल सिलगढीस्थित नरसिंग होममा उपचारार्थ राखिएको छ। रजतका पिता प्रल्हाद राईको निधन भएकोले विधवा आमा राजमती राई आफ्नो छोरालाई मृगौला (किड्नी) दिने भएकी छिन्। छोराको जीवनभन्दा ठूलो आफ्नो किड्नी होइन भन्ने आमाको इच्छा भए पनि किड्नी ट्रान्सप्लान्ट गर्न र थप उपचार गर्न धेरै खर्चको आवश्यकता पर्ने हुन्छ भन्ने अस्पताल पक्षको भनाइ छ। जीवन जिउन सबैलाई रहर हुन्छ कारण फेरि फेरि यो जीवन पाइन्दैन। मृगौला रोगी रजत पनि जीवन र मरणको संघारमा रहेको छ। मुण्डा बाँसघारी तीनवटै समाजको सहयोगमा उपचारमा केही हदसम्म सहायता पुगेको छ भने मुण्डा बाँसघारी तीनवटै समाजले रजतको जीवन बचाउन सबैलाई सहयोग गरिदिने अपिल गरेका छन्। एक थुकी सुकी सय थुकी नदी भने झैँ सबैको सहयोग र सेवा भावनाले एक युवा र समाजका कर्णधारको जीवन बाँच्ने अपिल पनि गरेका छन्।

रजत राई
एकाउट नम्वर: ३३०५७९८५३४० एसबीआई, सोनादा शाखा आईएफएससी संख्या: एसबीआईएन००१५३१३
सम्पर्क नम्वर
प्रेम चन्द्र राई: ७९०८७४११५२
अदेस राई: ८११६११२३६२
ज्योतिष छेत्री: ७००१८७५४२१
असिम राई: ८९२७९५२६७८


About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement