नयाँ दिल्ली: भारतले आउँदो एफआईएच प्रो लीगको निम्ति चयन गरेको सम्भावित खेलाड़ीहरूमा ६ भन्दा अधिक युवाहरूलाई हकी इण्डिया लीग र जूनियर स्तरमा उनीरूका प्रदर्शनको आधारमा मौका दिएको छ। हकी इण्डियाद्वारा घोषित ३२ खेलाड़ीहरूका सूचीमा पहिलोपल्ट स्थान पाउनेहरूमा गोलकीपर प्रिन्सदीप सिंह, डिफेण्डर यशदीप सिवाच, मीडफिल्डर रविचन्द्र सिंह र राजिन्दर सिंह र फरवर्ड अंगदवींर सिंह, उत्तम सिंह र अर्शदीप सिंह सामेल छन्। अनुभवी ड्र्याग फ्लिकर हरमनप्रीत सिंह टीमका कप्तान अनि हार्दिक सिंह उपकप्तान हुनेछन्। एफआईएच प्रो लीगको भुवनेश्वर चरण १५-देखि २५ फरवरीसम्म खेलिनेछ। हकी इण्डियाद्वारा जारी बयानमा भनिएको छ, जूनियर टीमबाट अनि हकी इण्डिया लीगमा असाधारण प्रदर्शन गर्ने २२ वर्षीय अंगदवीर सिंह र २० वर्षीय अर्शदीप सिंहलाई पहिलोपल्ट एफआईएच प्रो लीग म्याचहरूका निम्ति सीनियर टीममा चयन गरिएको छ।
गत वर्ष मस्कटमा जूनियर एशिया कप जित्ने टीममा रहने प्रिन्सदीपलाई पनि सीनियर टीमका सम्भावित खेलाड़ीहरूमा पहिलोपल्ट चयन गरिएको छ। प्रशिक्षक क्रेग फुल्टोनले भने, म चयन गरिएको टीमसँग खुशी छु। यी खेलाड़ीहरूले एउटा टीमको रूपमा असल प्रदर्शन गर्दै म्याच जित्न सक्ने मलाई विश्वास छ। भारतीय टीम २०२३-२४ सीजनमा ९ वटा टीमबीच सातौं स्थानमा रहेको थियो। त्यसपछि भारतीय टीमले फर्म हासिल गर्दै पेरिस ओलम्पिकमा लगातार दोस्रो काँस्य पदक जितेको थियो।
एफआईएच प्रो लीगको निम्ति सम्भावित खेलाड़ीहरूः
गोलकीपरः कृष्ण बहादुर पाठक, सूरज करकेरा, प्रिन्सदीप सिंह
डिफेण्डरः जरमनप्रीत सिंह, अमित रोहिदास, हरमनप्रीत सिंह, सुमित, सञ्जय, जुगराज सिंह, नीलम सञ्जीप सेस, वरुण कुमार, यशदीप सिवाच
मीडफिल्डरः राजकुमार पाल, शमशेर सिंह, मनप्रीत सिंह, हार्दिक सिंह, विवेक सागर प्रसाद, नीलाकान्ता शर्मा, एम रविचन्द्र सिंह, राजिन्दर सिंह
फरवर्डः अभिषेक, सुखजीत सिंह, ललित उपाध्याय, मनदीप सिंह, गुरजन्त सिंह, अंगदवीर सिंह, बबी सिंह धामी, शिलानन्द लाकड़ा, दिलप्रीत सिंह, अराइजीत सिंह हुण्डल, उत्तम सिंह, अर्शदीप सिंह