सभासद श्याम शेर्पाद्वारा खरसाङको वार्ड नम्बर ४ मा फलामकाे पूल उदघाटन

IMG-20250130-WA0252

खरसाङ: सभासद श्याम शेर्पाद्वारा खरसाङको वार्ड नम्बर ४ मा फलामकाे पूल उदघाटन गरिएको छ‌।‌ खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर ४ को हिमाली स्कुएूल छेउमा निर्माण गरिएको फलामकाे पूलको २८ नम्बर समष्टिकाे सभासद श्याम शेर्पाको बाहुलीबाट विधिवत रुपमा रिबन काटेर उदघाटन गरिएको छ।‌ वार्ड नम्बर ४ को नारी शक्ति सचिव गिता प्रधान, सह सचिव भक्तिनप्रधानले जानकारी गराए अनुसार त्रिशूली संघकाे सार्वजनिक भवन अघिदेखि विगत धेरै वर्षदेखि हिँढ्दै आईरहेको बाटो कसैको व्यक्तिगत जमीन रहेकोले गर्दा उनले बाटो बन्द गरिदिएकोले गाउँवासीलाई धेरै समस्या भएको थियो।‌ यसै समस्यालाई लिएर हामीले उक्त जानकारी सभासद श्याम शेर्पालाई जानकारी गराएकाे थियौं र उनले विभागबाट जनताको सुविधाको लागि सभासदले निजी खर्चमा सिलिगढबाट बाँस मगाएर मिस्त्री लगाएर पूल बनाईदिएको थियो साथै उनले हाम्रो समस्याबारे जीटीए चिफ् अनित थापा समक्ष राखेका थिए र उनकाे पहल र जीटीए चिफ् अनित थापाको सहयोगमा फलामकाे राम्रो पूल बनियो जसले सम्पूर्ण डुमारामवासीहरुलाई सुविधा भएको छ। यस कार्यको लागि सम्पूर्ण वार्डवासीकाे तर्फबाट जीटिएीए चिफ् अनित थापा अनि सभासद श्याम शेर्पालाई धन्यवाद दिएका छन्। आजको पुल उदघाटन कार्यक्रममा वार्ड नम्बर ४ काे नारी शक्तिकाे प्रतिनिधिहरु, स्थानीय स्वनिर्भर दलहरुका प्रतिनिधिहरु, समष्टि सल्लाहकार भूतपूर्व कप्तान अमृत प्रधान साथै अन्यहरु उपस्थित रहेका थिए।सभासद श्याम शेर्पाद्वारा विधिवत पूजापाठ गरेर गाउँको वरिष्ठ नागरिक तिलक शर्माद्वारा नरिवल फुटाएर सभसद् श्याम शेर्पा द्वारा रिबन काटेर उदघाटन गरिएको छ। गाउँवासीहरुद्वारा सबैले खर्दा लाएर फूलको गुच्छा प्रदान गरेर गाउँवासीले आभार प्रकट गरेका छन्। यस कार्यक्रमबारे सभासद श्याम शेर्पाले भने, मैले खाली आफ्नो जिम्मेवारी निभाएकाे हाे। म ती सबै नारीहरुप्रति आभार प्रकट गर्नु चाहान्छु जसले यो समस्याबारे अघि आएर पहल गरेर मलाई जानकारी गराए उनीहरुकाे पहल र प्रयासले यो फलामकाे पूल बनियो। म जीटीए चिफप्रति आभार प्रकट गर्नु चाहान्छु कारण उहाँकाे सहयोगले यो कार्य सम्भव भएको छ।’


सभासद श्याम शेर्पाले अघि भने, ‘म सबै सबैलाई आह्वान् गर्न चाहान्छु कि केही समस्या छ भने पहल गर्नुपर्छ। जोगाजोग गर्नु पर्नेछ कारण घरमा बसेर गुनासो गरेर बसेर मात्र समस्याको समाधान हुँदैन।‌अघि आएर पहल गरे यसमा हामी पूर्णतया सहयोग गर्नेछौं। हामीले नगरपालिकाद्वारा निमार्ण गर्द आएकाे प्रधानमन्त्री आवास योजनाको पनि सर्वे शुरु गरिसकेको छौं। सबैले धैर्य राखिदिनु हाेला। सबैले घरकाे पैसा अवश्य नै पाउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement