गाल: अष्ट्रेलियाई ब्याटर जोश ईंग्लिशले बिहीवार आफ्नो पदार्पण टेस्ट म्याचमै विध्वंशी शतक बनाए। उनले श्रीलंकाविरुद्ध पहिलो टेस्ट म्याचको दोस्रो दिन केवल ९४ बल खेलेर १०२ रन बनाए। ईंग्लिशले आफ्नो पहिलो टेस्ट शतक केवल ९० बलमा पूरा गरे। यसको साथै उनी टेस्ट क्रिकेटको इतिहासमा आफ्नो पदार्पण म्याचमा दोस्रो सबैभन्दा तेज शतक बनाउने क्रिकेट बने। पदार्पण टेस्टमा सबैभन्दा तेज शतक बनाउने रेकर्ड भारतका शिखर धवनको नाममा रहेको छ, जसले २०१३-मा मोहालीमा अष्ट्रेलियाविरुद्ध केवल ८५ बलमा शतक पूरा गरेका थिए। पश्चिमी अष्ट्रेलियाबाट घरेलु क्रिकेट खेल्ने दाहिने हातका यस ब्याटरले ब्याकफूटमा शट् खेलेर ३ रन बनाउनको साथै आफ्नो शतक पूरा गरे। शतक बनाएको लगत्तै पछि उनी आउट पनि भए। त्यस समय अष्ट्रेलियाको स्कोर ६००-को नजिक रहेको थियो। ईंग्लिशले आज १० वटा चौका र एउटा छक्का लगाए। ईंग्लिश अष्ट्रेलियाको पहिलो ईनिंग्समा शतक बनाउने तेस्रो ब्याटर हुन्। श्रीलंकाविरुद्ध ईंग्लिशको साथमा ओपनर उस्मान ख्वाजाले २३२ र स्टीव स्मिथले १४१ रन बनाएका छन्। आज ईंग्लिशको शतकले अष्ट्रेलियाई क्रिकेटको एउटा चाखलाग्दो चलनमा अझ एउटा नाम जोड़्यो। आफ्नो पदार्पण टेस्ट म्याचमा शतक बनाउने गत तीनजना अष्ट्रेलियाई ब्याटर पनि पश्चिम अष्ट्रेलियाका थिए। यसअघि एडम वोजेसले २०१५-मा वेष्ट इण्डिजविरुद्ध, शन मार्शले २०११-मा श्रीलंकाविरुद्ध अनि मार्कस नर्थले २००९-मा दक्षिण अफ्रिकाविरुद्ध पदार्पण टेस्ट म्याचमा शतक बनाएका थिए।