कुम्भ मेलामा मालदाकी अनिता घोष बेपत्ता, खोजीमा जुट्यो प्रशासन

IMG-20250130-WA0239

मालदा: कुम्भ मेलामा गएकी मालदाकी ६० वर्षीया अनिता घोष नुहाउन नदीमा पसेपछि बेपत्ता भएकी छिन्। अनिता मालदा जिल्लाको इङ्गलिस बजार पुलिस चौकीअन्तर्गत उत्तर कृष्ण पल्लीकी बासिन्दा हुन्। समाचारअनुसार, सोमबार उनी बीस जना आफन्तहरूसँग कारबाट महाकुम्भको लागि निस्किएकी थिइन्। बुधबार उनी नुहाउन नदीमा गइन्। त्यसबेलादेखि उनको कुनै खोजी भएको छैन। यो खबर परिवारमा पुग्दा परिवारका सदस्यहरू धुरुधुरु रुन थाले। जब उनीसँगै आएका आफन्तहरूलाई फोन गरियो, उनीहरूले अनिता घोष हराएको बताए। उनको चादर गंगा घाटमा भेटियो। प्रशासन र अस्पतालले उनको खोजी शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement