सिलगढी: ‘उत्तर बङ्गालमा धेरै चिया बगानहरू बन्द छन्। चिया बगानहरूमा प्रवर्द्धकहरू पुन: स्थापित भइरहेका छन्’, सिलगढीस्थित भाजपा जिल्ला कार्यालयमा चिया बगान सम्बन्धी पार्टी कार्यकर्ताहरूसँगको बैठकपछि शुभेन्दु अधिकारीले यो टिप्पणी गरेका हुन्। उनले भने, ‘कोलकाताका केही नजिकका मानिसहरूलाई चिया बगान भाडामा दिइँदैछ। दक्षिण बङ्गालका मानिसहरूले चिया बगानहरू कब्जा गरिरहेका छन्। स्थानीय गोर्खाहरूको अधिकार खोसिएको छ।‘ माध्यमिक परीक्षा पछि चिया बगानका कामदारहरूका लागि ठूलो कार्यक्रम आयोजना गरिने उनले बताए।