केबलकार निर्माण विवादमा हड्ताल, यातायात व्यवसायीद्वारा विरोध

IMG-20250130-WA0237

ताप्लेजुङ: ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण विवादलाई लिएर गरिएको हड्तालको यातायात व्यसवायीले विरोध जनाएका छन्।
केबलकार निर्माणको विरोधमा उत्रिएको समूह र सुरक्षाकर्मीबीच गत शनिबार झडप हुँदा २६ जना घाइते भएका थिए। ५ जना अन्दोलनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएका हुन्। घाइते हुनेमध्ये २ जनालाई प्रहरीको गोली लागेको थियो।उक्त घटनाको विरोधमा केबलकार विरोधी समूहले मेची राजमार्गअन्तर्ग ताप्लेजुङ सडक खण्ड बन्द गराएको छ। बन्दका कारण जनतजीवन अस्तव्यस्त बनेको छ। माग पूरा नभएको बहानामा यातायात बन्द गरिँदा सर्वसाधारणले ठूलो कष्ट बेहोर्नु परिरहेको छ।
समस्यामा परेका सर्वसाधारणले भनेका बेला सवारीसाधन चढेर गन्तव्यसम्म पुग्न पाएका छैनन्। सर्वसाधारण मारमा पर्ने गरी गरिएको बन्द र हड्तालको चौतर्फी विरोध भइरहेको छ। आन्दोलनका नाममा बन्द र हड्ताल गर्न नहुने आवाज उठिरहेको छ। माग पूरा नहुँदा सवारीसाधनसमेत चल्न नदिएको भन्दै यातायात व्यवसायीले विरोध जनाएका छन्। नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ इलामले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित भएको उल्लेख गरेको छ।
व्यवसायीहरुले २ सय ६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मूल्यमा ऋण लिई ल्याइएको सवारीसाधन बन्द हुँदा यातायात व्यवसायी ब्याज र किस्ता तिर्न नसक्ने अवस्थामा पुग्ने भन्दै ध्यानाकर्षण गराएका छन्। मजदुर र परिवारको जीवनयापनमा समस्या भएको भन्दै वार्ता र संवादबाट समस्या समाधान गरी तत्काल यातायात बन्द खुला गर्नुपर्ने माग व्यवसायीले राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement