नयाँ दिल्ली: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-का सीईओ ज्योफ एलार्डिसले च्याम्पियन्स ट्रफीको केही हप्ता अघि पद छोड़्ने फसेला गरेका छन्। पाकिस्तानमा च्याम्पियन्स ट्रफीको तयारीहरू स्पष्ट नहुनु र अमेरिकामा टी२० वर्ल्ड कपको फ्लप शो-लाई यसको प्रमुख कारण मानिएको छ। ५७ वर्षीय एलार्डिस क्रिकेट अष्ट्रेलियाबाट आएर २०१२-मा क्रिकेटको महाप्रबन्धकको रूपमा आईसीसीमा सामेल भएका थिए। आठ महिनासम्म कार्यवाहक सीईओ-को रूपमा काम गरेपछि उनलाई नोभेम्बर २०२१-मा आईसीसी-को सीईओ नियुक्त गरिएको थियो। एलार्डिसले भनेका छन्, अन्तर्राष्ट्रिय क्रिकेट परिषदको मुख्य कार्यकारीको रूपमा काम गर्नु मेरो निम्ति सौभाग्यको कुरा रह्यो अनि क्रिकेटलाई वैश्विक स्तरमा बढ़ाउनदेखि लिएर आईसीसी सदस्यहरूका निम्ति व्यावसायिक आधार तयार गर्नसम्म हामीले जे पनि परिणाम हासिल गऱ्यौं, त्यसमा मलाई गर्व छ। मेरो विचारमा यो मेरो निम्ति पद छोड़्ने अनि नयाँ चुनौतीहरूको सामना गर्ने सही समय हो।
एलार्डिसले राजीनामाका कारणहरू उल्लेख नगरे पनि यो घटनाक्रम केही समयदेखि चलिरहेको एउटा शीर्ष सूत्रले दावी गरेको छ। अमेरिकामा आईसीसीको टी२० वर्ल्ड कप फ्लप शो रह्यो। त्यसमा आमदानीभन्दा पनि खर्च धेरै भयो। यसको अडिटिंग जारी छ। त्यसपछि च्याम्पियन्स ट्रफीको तयारीहरू पनि ठूलो कारण बन्यो। एलार्डिसमाथि पाकिस्तानलाई च्याम्पियन्स ट्रफी जस्तो ठूलो टुर्नामेण्टको निम्ति तयार गर्ने जिम्मेवारी थियो। च्याम्पियन्स ट्रफी १९ फरवरीदेखि शुरु हुनेछ अनि पाकिस्तानमा स्टेडियमहरूको नवीनीकरण कार्य समाप्त भएको छैन। यसबाहेक भारतले आफ्नो सबै म्याच दुबईमा खेल्नेछ। च्याम्पियन्स ट्रफीको २०१७ पछि फेरि आयोजन भइरहेको छ। अब पाकिस्तान यस प्रतिष्ठित आयोजनको निम्ति तय समयभित्र तयार हुनेछ या छैन भन्ने कुरामा सबैको नजर रहेको छ। आईसीसीका पूर्व अध्यक्ष ग्रेग बार्कलेले अगावै राजीना दिइसकेका छन्। त्यसपछि क्रिस टेटली (इभेण्ट प्रमुख), एलेक्स मार्शल (भ्रष्टाचार एकाईका प्रमुख) र क्लेयर फर्लांग (मार्केटिंग र मीडिया प्रमुख)-ले पनि व्यक्तिगत आधारमा आफ्नो पद छोड़िसकेका छन्। आईसीसी-को बोर्डले अब एलार्डिसको उत्तराधिकारीको पहिचान गर्ने प्रक्रिया शुरु गर्नेछ। यसबीच आईसीसी अध्यक्ष जय शाहले एलार्डिसको प्रयासहरूको सराहना गरेका छन्।