गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले राज्यवासीहरू, विशेषरूपमा तामाङ समुदायलाई सोनाम लोछार पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘सिक्किम विभिन्न सांस्कृतिक, धार्मिक र भाषिक विविधताहरूको अद्वितीय संगम हो।
यहॉंको अनेकतामा एकता र भाईचाराको संस्कृति सारा देशको निम्ति एक अनुकरणीय उदाहरण हो। सोनाम लोछारको पर्वले सबैको जीवनमा उत्तम स्वास्थ्य, खुशी र समृद्धि लिएर आओस्।’