एसकेएमको १३औं स्थापना दिवस समष्टिहरुमा मनाइने

IMG-20241020-WA0000

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको १३औं स्थापना दिवस राज्यका सबै निर्वाचन क्षेत्रमा भव्यरूपमा पालन गरिने भएको छ। कार्यक्रमअनुसार गेजिङ जिल्लाको योक्सम टासीडिङ समष्टिको निम्ति योक्सम हेलिप्याड,याङथाङ निर्वाचन समष्टिको निम्ति साक्योङ, मानेबुङ-देन्ताम निर्वाचन समष्टिको निम्ति देन्ताम टार,गेजिङ बर्मेक समष्टिको निम्ति अप्पर बर्मेक पुरानो स्कूल मैदानमा कार्यक्रम आयोजना हुने तय भएको छ। यसैगरी सोरेङ जिल्लाअन्तर्गत रिन्चेनपोङ समष्टिको निम्ति पब्लिक ग्राउण्ड झुसीङथाङ,दरमदिन निर्वाचन क्षेत्रको सोमबारे बजार, सोरेङ च्याखुङ समष्टिको माङसारी माइनिङ ग्राउण्ड र सालघारी जूम समष्टिको पिपलेमा कार्यक्रम सम्पन्न हुनेछ। सोही प्रकारले नाम्ची जिल्लाअन्तर्गत बर्फुङ समष्टिको छोजो लेक राभङला,पोकलोक कामराङ समष्टिको आशाङथाङ हेलिप्याड, नाम्ची सिङ्गीथाङ समष्टिको निम्ति किसान मार्केट मिटिङ हल,मल्ली निर्वाचन समष्टिको निम्ति तारेभीर टुरिज्म ग्राउण्ड सदाम, नामथाङ रातेपानी समष्टिको मामरिङ, तिमी नाम्फिङ समष्टिको माङगले बजार र राङगाङ याङगाङ निर्वाचन क्षेत्रको याङगाङ बजारमा कार्यक्रमको स्थान सुनिश्चित गरिएको छ। पाक्योङ जिल्ला अन्तर्गत पश्चिम पाण्डाम निर्वाचन समष्टिको डुगा हिटिधारा मैदान, रिनाक समष्टिको वेङथाङ टार, छलमथाङ पाचेखानी जीपीयु,छुजाचेन समष्टिको मेला ग्राउण्ड रङ्गेली, नाथाङ माछोङ समष्टिको पारखा खण्ड विकास कार्यालय नजिक,नाम्चेबुङ समष्टिको सरमसा ग्रार्डनमा एसकेएम पार्टीको १३औं स्थापना दिवस आयोजना हुनेछ। यसैगरी गान्तोक जिल्ला अन्तर्गत तुमिन लिङ्गी निर्वाचन क्षेत्रको माखा बजार, खामदोङ सिङताम समष्टिको निम्ति रालाप डम्पिङ ग्राउण्ड खामदोङ, स्यारी समष्टिको भुसुक मैदान,नैताम पाबुक जीपीयु,मार्तम रुम्तेक समष्टिको निम्ति महारानी टार रुम्तेक, अप्पर तादोङ निर्वाचन समष्टिको नरबहादुर भण्डारी सरकारी महाविद्यालयको मैदान, आरिथाङ समष्टिको छोकासुम हल नामनाम, गान्तोक निर्वाचन क्षेत्रको जिरो माईल, होटल मे फेयर छेउ रानीपुल, अप्पर बुर्तुक समष्टिको निम्ति अदमपुल हाईवे मेला ग्राउण्ड रेसिथाङमा एसकेएम पार्टीको १३औं स्थापना दिवसको निम्ति स्थान सुनिश्चित गरिएको छ। सोही प्रकारले मगन जिल्ला अन्तर्गत काबी लुङचोक समष्टिको निम्ति लाबी पब्लिक ग्राउण्ड, जङगु समष्टिको निम्ति नाम्प्रिकदाङ मेला ग्राउण्ड र लाचेन मगन निर्वाचन क्षेत्रको निम्ति नागा खेल मैदान मगनमा समष्टि स्तरीय रूपमा पार्टी स्थापना दिवस कार्यक्रम आयोजना हुने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement