नाम्ची: सिक्किम इन्सपायर पहलअन्तर्गत दक्षिण सिक्किमको चेम्चेस्थित इण्डियन हिमालयन सेन्टर फर एडभेञ्चर एण्ड इकोटुरिजम (आइएचसीएएफ)-मा आयोजित सहासिक पर्यटन हितधारकहरूको दुई दिने सम्मेलनको आज समापन भयो। कार्यक्रमको आयोजना राज्य सरकारको पर्यटन एवं नागरिक उड्डयन विभागले आइएचसीएएफ-सँगको सहकार्यमा गरेको थियो जसको उद्देश्य सगभागीहरूलाई आइएचसीएएफ-का गतिविधिहरू बारे जानकारी गराउनु साथै सहासिक पर्यटनको क्षेत्रमा भइरहेका कार्यहरूमा सगभागिता बड़ाउनु रहेको थियो।
कार्यक्रमको समापन समारोहमा पर्यटन एवं नागरिक उड्डयन विभागकी अतिरिक्त सचिव डा. प्रेरना चामलिङ मुख्य अतिथि रहेकी थिइन् भने आइएचसीएएफ-का निर्देशक तथा प्राचार्य काजी शेर्पाको पनि विशेष उपस्थिति रहेको थियो।