गान्तोकमा उपन्यास उरमाल लोकार्पित

IMG-20250129-WA0191

गान्तोक: छुदेन काविमोको नयाँ उपन्यास उरमालको सिक्किम लोकार्पण आज गान्तोकमा विशेष कार्यक्रमबीच गरियो। उरमाल किताब यात्राको तेस्रो दिन आज गान्तोकमा एक कार्यक्रमबीच लोकार्पण गरिएको हो। कवि एवम् सिक्किम सरकारका‌ शिक्षा विभाग सचिव टासी छोपेल लेप्चा मुख्य अतिथि रहेको कार्यक्रममा बेथल इनफ्रा प्रोजेक्ट प्राइवेट लिमिटेडका निर्देशक अमृत विश्वकर्मा, नेपाली साहित्य परिषद सिक्किमका अध्यक्ष हरि ढुङ्गेल, आख्यानकार प्रवीण राई जुमेली, कवि मुङ्गा राई, प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम रावत, डा. टीबी छेत्री, प्रद्मुन श्रेष्ठ, कथाकार खुसेन्द्र राईलगायत सिक्किमका वरिष्ठ साथै युवा सर्जकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि टासी छोपेलले अब हाम्रो किताबको कथाहरू सिरीजतिर पनि पुग्न जरुरी रहेको जनाउँदै भने, ‘फातसुङ पढेपछि भेट्न मन लागेको लेखकलाई दोस्रो भेटमा दोस्रो उपन्याससँग आज भेट्न पाएँ।‌ यी कथाहरूमार्फत अब हाम्रो कथा टीभी सिरिजतिर पनि पुग्न सकोस्।‌किनकि चिया हाम्रो पनि कथा हो।’
कार्यक्रममा बेथल इनफ्रा प्रोजेक्ट प्राइवेट लिमिटेडका प्रबन्धक लरेन्स प्रधानले स्वागत सम्बोधन राखे भने पत्रकार प्रदीप लोहागुणले लेखक छुदेन काविमोसँग सम्वाद गरे। मुख्य अतिथि टाशी छोपेल लेप्चा अनि विशिष्ट अतिथि अमृत विश्वकर्माले पनि कार्यक्रमलाई सम्बोधन गरे। यसरी नै उरमाल यात्राको पक्षबाट प्रकाशक सुरज गुरूङले सम्बोधन गरे। कार्यक्रमलाई सर्जक प्रवीण खालिङले सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement