गान्तोक: पाकिम जिल्ला साथै आइसीएआर,कृषि विज्ञान केन्द्र र सिप्ला फाउण्डेसनको संयुक्त पहलमा आज पाकिम जिल्लाका मौरीपालकहरूलाई लिएर प्रशिक्षण एवं वितरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा बागवानी विभागका अतिरिक्त निर्देशक छिरिङ छोपेल भोटियाले महको शुद्धतामा ध्यान केन्द्रित गर्ने र दिगो रूपमा मह उत्पादन सुधार गर्न स्रोतहरूको उपयोग गर्ने कुरामा जोड दिए। उनले मधुक्रान्ति पोर्टलको महत्त्वमाछि जोड दिए। यसले मौरी पालकहरूलाई लाभ पुऱ्याउने बताए। उत्पादित महको प्रामाणिकताबारेमा डाटा संकलन गर्न सकिनेबारे पनि जानकारी गराए। सोही प्रकारले कृषि विभागकी उपनिर्देशक रेबिका गुरुङले मह र हर्दी उत्पादनमा ध्यान केन्द्रित गर्दै राज्यको जैविक उत्पादनहरूमा जोड दिइन्। उनले राम्रो खेतीको लागि खेतीका नयाँ अभ्यासहरू अप्नाउन सल्लाह दिँदै कृषि प्रक्रियामा माटोको उर्वरताको महत्त्वलाई अझ ध्यान दिनुपर्ने आवश्कतामाथि सुझाउ दिइन्। उनले विश्वभर मह प्रशोधन क्षेत्रको मागमा जोड दिइन् जसले किसानहरूलाई उच्च-गुणस्तरका वस्तुहरूको उत्पादनको लागि प्रदान गरिएको ज्ञान र स्रोतहरूसँग आफूलाई सुसज्जित गर्न, आर्थिक उत्थानतर्फ काम गर्न र आत्मनिर्भर हुन सुझाइ दिएकी छन्। यसरी नै आइसीएआरका वरिष्ठ वैज्ञानिक डा. कलैवननले क्षेत्रको कृषि उत्थानमा योगदान पुर्याफउने उत्पादनको लागि उत्तम विविधता पहिचान गर्न बेसारको नमूना र परीक्षण प्रक्रियाबारेमा जानकारी दिए।