प्रधानमन्त्री विश्वकर्मा योजनामाथि समीक्षा बैठक

IMG-20250129-WA0188

गान्तोक: गान्तोक जिल्ला प्रशासनिक केन्द्रमा आज प्रधानमन्त्री विश्वकर्म योजनालाई लिएर आयोजित बैठकमा गान्तोकका योजनाबारे चर्चा गरियो। अतिरिक्त जिल्लापाल सिसुम वाङचुक भोटिया, सहायक जिल्लापाल सन्दीप कुमार लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। बैठकको उद्देश्य भारतभरिका परम्परागत कारीगर र शिल्पकारहरूलाई सहयोग गर्न समर्पित एक प्रमुख पहल, प्रधानमन्त्री विश्वकर्मा योजनाको समीक्षा र कार्यान्वयनलाई अघि बढाउनु रहेको थियो। बैठकमा लाभार्थीहरूको दर्तालाई सुव्यवस्थित गर्ने, वित्तीय सहयोग सुनिश्चित गर्ने र योजना अन्तर्गत सीप विकास कार्यक्रमहरू बढाउने कुरामा केन्द्रित थियो। अधिकारीहरूले योजनाका लाभहरू सुविधा पूरा गर्ने क्रममा कारीगरहरूले सामना गर्ने चुनौतीहरूलाई पनि सम्बोधन गरिएको थियो। यसका साथै जागरूकताका लागि रणनीतिहरू तयार गर्ने निर्णय पनि भएको थियो। बैठकमा योजनाको कार्यान्वयनलाई सुदृढ पार्न, सिक्किमका कारीगरहरूले प्रधानमन्त्री विश्वकर्मा योजनाद्वारा अवसरहरूको सुनिश्चित गर्न प्रस्ताव पारित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement