गाल (लंका): अष्ट्रेलियाले श्रीलंकाविरुद्ध बुधवारदेखि शुरु पहिलो टेस्ट म्याचको पहिलो दिन २ विकेटमा ३३० रन बनाएर असल शुरुवात गऱ्यो। उस्मान ख्वाजाले अविजित १४५ र स्टीव स्मिथले अविजित १०४ रन बनाएर अष्ट्रेलियालाई असल स्थितिमा पुऱ्याए। श्रीलंकाई बलरहरूमा स्पिनर प्रबाथ जयसूर्या र जेफरे वाण्डरसेले १-१ विकेट लिए। कार्यवाहक कप्तान स्मिथले टस जितेर पहिला ब्याटिंग गर्ने फसेला गरे। अष्ट्रेलियाको पहिलो इनिङ्ग्समा ख्वाजा र ट्रेविस हेडको ओपनिंग जोड़ीले टीमलाई असल शुरुवात दिलाउँदै पहिलो विकेटको निम्ति ९२ रनको पार्टनरशीप गरे। हेडलाई आउट गरी जयसूर्याले १५औं ओभरमा यस पार्टनरशीपलाई तोड़े। हेडले आक्रामक मिजासमा ब्याटिंग गर्दै ४० बल खेलेर १० वटा चौका र एउटा छक्काको साथ ५७ रन बनाए। हेड आउट भएपछि मार्नस लाबुशेनले ख्वाजासँग मिलेर स्कोरलाई १३५ रनसम्म पुऱ्याए। धैर्यको साथ खेलिरहेका लाबुशेनलाई वाण्डरसेले आउट गरे । उनले २० रन बनाए। दोस्रो विकेटको पतनपछि स्मिथले ख्वाजासँग मिलेर मोर्चा सम्हाले। यी दुईजनाले दिनको रहल समयमा आरामसँग रन बनाउँदै आ-आफ्नो शतक पूरा गरे । यसमा ख्वाजाले १० वटा चौका र एउटा छक्काको साथ २१० बल खेलेर अविजित १४७ रन बनाए। यसरी स्मिथले १८८ बल खेलेर त्यति नै चौका र छक्काको साथ अविजित १०४ रन बनाए। ख्वाजा र स्मिथले तेस्रो विकेटको निम्ति १९५ रनको अटूट पार्टनरशीप गरिसकेका छन्।