सिलगढी: भक्तिनगर पुलिस थानाले देशी पेस्तोलसहित तीन जना बदमासलाई पक्राउ गरेको छ। पक्राउ परेका अपराधीहरूको नाम मोहम्मद मुजफ्फर आलम, दीपक पासवान र सन्दीप दियाली हुन्। स्रोतका अनुसार मंगलबार राति अबेर पुलिस गस्तीको क्रममा सिलगढी नगर निगमको वार्ड नम्बर ४१ मा रहेको खेतमा धेरै मानिसहरू देखिए। पुलिसको भ्यान देख्ने बित्तिकै, सबैजना भाग्न थालेपछि पुलिसले तिमध्ये तीन जनालाई पक्राउ गर्यो। पक्राउ परेका व्यक्तिहरूको खानतलासी गर्दा उनीहरूको कब्जामा रहेको देशी पेस्तोल र एउटा कार्तुस पनि बरामद गरेको थियो।











