महानदी ग्राम पञ्चायतमा द्वारे सरकारको क्याम्प सम्पन्न

IMG-20250129-WA0177

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतमा‌ द्वारे सरकारको क्याम्प सम्पन्न भएको छ। खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटै ग्राम पञ्चायतहरुमा द्वारे सरकारको क्याम्प शुरु भएको छ भने आज महानदी ग्राम पञ्चायतमा सम्पन्न भएको छ।‌महानदी ग्राम पञ्चायतमा द्वारे सरकारको क्याम्पहरु आयोजना गरिने भएको छ। त्यसमध्ये आज महानदी ग्राम पञ्चायत कार्यालयमा सम्पन्न भएको छ।‌अन्य क्याम्पहरु क्रमैले सिविटार, जंगपाना र गिताङ्गे क्षेत्रमा पनि आयोजना गरिने भएको छ।‌महानदीमा सम्पन्न द्वारे सरकारको क्याम्पमा‌ सरकारको जम्मा ३७ वटा विभिन्न स्कीमहरुको सुविधाहरु जनतालाई प्रदान गरिएको जानकारी प्राप्त भएको छ। यसबाहेक पनि महानदी ग्राम पञ्चायतमा आगामी ३१ जनवरीमा मोबाइल फोन क्याम्पको पनि आयोजना गरिने भएको छ।‌ महानदीमा सम्पन्न द्वारे सरकारको क्याम्प विषयमा पत्रकारहरुसित कुराकानी गर्दै महानदी ग्राम पञ्चायतको पञ्चायत सचिव पेन्छेन लमु तामाङले‌ खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटै ग्राम पञ्चायतहरुमा द्वारे सरकारको क्याम्प शुरु भएको छ भने आज महानदी ग्राम पञ्चायतमा सम्पन्न भएको बताएकी छन्। उनले महानदी ग्राम पञ्चायतमा चारवटा ठाउँमा द्वारे सरकारको क्याम्पहरु आयोजना गरिने भएको र त्यसमध्ये आज महानदी ग्राम पञ्चायत कार्यालयमा सम्पन्न भएको छ भने अन्य क्याम्पहरु क्रमैले सिविटार, जंगपाना र गिताङ्गे क्षेत्रमा पनि आयोजना गरिने भएको जानकारी गराएकी छन्।‌

उनले महानदीमा सम्पन्न द्वारे सरकारको क्याम्पमा‌ सरकारको ३७ वटा स्कीमहरु राखिएको र यसको लागि विभिन्न विभागका अधिकारीहरू र कर्माचारीहरु उपस्थित रहेको बताएकी छन्। सचिवले महानदी ग्राम पञ्चायतमा आगामी ३१ जनवरीमा‌ मोबाइल क्याम्पको पनि आयोजना गरिने भएको जानकारी गराएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement