खरसाङ: खरसाङ नगरपालिका क्षेत्रमा हाउजिङ फर अल योजनाको सर्वेक्षण कार्यलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीले स्वागत जनाउँदै आभार प्रकट गरेका छन्। जीटीए प्रमुख अनित थापाको निर्देशनमा खरसाङ नगरपालिका अनि खरसाङ महकुमा र जीटीएको तर्फबाट खरसाङ नगरपालिका क्षेत्रमा हाउजिङ फर अल योजनाको लाभार्थीहरुलाई लिएर हिजोदेखि सर्वेको कार्य शुरु भएको छ। यसै सर्वेलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीले पार्टी कार्यालयमा एक पत्रकार सम्मेलन बोलाएर यस कार्यको स्वागत जनाउँदै खरसाङ नगरपालिकाको यस कार्यको सराहना गरेका छन् भने हाउजिङ फर अल योजनाको लाभार्थीहरुले सठीक समयमा रहल राशिको भुक्तानी हुनुपर्छ भनी मांग गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो खरसाङ टाउन कमिटीको कार्यवाहक अध्यक्ष सन्दीप बल अनि कार्यवाहक सचिव बीरबल पाख्रिनले हाउजिङ फर अल योजनाको लाभार्थीहरुलाई लिएर गरिएको सर्वेलाई पूर्ण समर्थन रहेको साथै यो कार्य स्वागतयोग्य रहेको बताएका छन्। दुवैले बताए अनुसार भागोप्रमो खरसाङ टाउन कमिटीले हाउजिङ फर अल योजनाको विषयमा टाउन कमिटीले खरसाङ नगरपालिकालाई तीनपल्टसम्म ज्ञापन दिएको र पार्टी अध्यक्ष अनित थापाको निर्देशनमा सर्वेको कार्य थालिएको र अब सर्वेपछि हाउजिङ फर अल योजनाको लाभार्थीहरुलाई सठीक समयमा रहल राशिको भुक्तानी हुनुपर्छ भनी मांग गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो खरसाङ टाउन कमिटीको कार्यवाहक अध्यक्ष सन्दीप बलले हामीले हाउजिङ फर अल योजनाको लाभार्थीहरुलाई लिएर तीनपल्टसम्म नगरपालिकालाई ज्ञापन दिएको बताउँदै जीटीए प्रमुख अनित थापालाई पनि यस विषयमा रिपोर्ट बुझाएको र अनित थापाको निर्देशनमा नै सर्वेको काम शुरु भएको अनि उक्त सर्वेको कार्यलाई भागोप्रमो खरसाङ टाउन कमिटीको तर्फबाट स्वागत साथै धन्यवाद छ भनी बताएका छन्। उनले यो सर्वेको काम सही रुपमा भएको होस् भन्दै जनताले पाउनु पर्ने सहुलियत सही रुपमा पाएको हुनुपर्छ भनी मांग छ भनी बताएका छन्। उनले खरसाङ नगरपालिकाको यो कार्यको सराहना गर्छौँ अनि यस कार्यमा भागोप्रमो खरसाङ टाउन कमिटीको तर्फबाट कुनै पनि प्रकारको सहयोग दिन तयार रहेको बताएका छन्। यसै क्रममा भागोप्रमो खरसाङ टाउन कमिटीको कार्यवाहक सचिव बीरबल पाख्रिनले हाउजिङ फर अल योजनाको लाभार्थीहरुलाई लिएर गरिरहेको सर्वेलाई समर्थन छ भन्दै भागोप्रमो पार्टी जनताको समस्या समाधानको लागि जन्मेको पार्टी हो र लाभार्थीहरुले पाउनु पर्ने रकम सठीक समयमा पाएको हुनुपर्छ भन्ने मांग रहेको बताएका छन्। उनले यस सर्वेको कार्यलाई कसैले पनि राजनीतिकरण नगरिदिने बताउँदै भागोप्रमो पार्टीले पार्टी अध्यक्ष अनित थापाको अगुवाईमा पहाडमा शान्ति श्रृंखला कायम गर्दै जनताको समस्या समाधानको लागि कार्य गरिरहेको बताएका छन्।