खरसाङ: खरसाङ ट्राफिक पुलिसको आयोजनामा ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। गत २७ जनवरीदेखि ३१ जनवरीसम्म पालन गरिने ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत आज खरसाङ ट्राफिक पुलिसको आयोजनामा खरसाङको सुबेदार बस्तीस्थित सार्वजनिक भवनमा गाडी चालकहरु र स्थानीयहरुलाई लिएर ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त ट्राफिक सचेतना कार्यक्रममा ८५ देखि ९० जनाको विशेष उपस्थिति रहेको थियो। यस ट्राफिक सुरक्षा सप्ताहमा खरसाङ ट्राफिक पुलिस ओसी बीरेन्द्र छेत्रीले चालकहरु र स्थानीयहरुलाई ट्राफिक सुरक्षा विषयमा जनचेतना गराएका छन्। उनले आफ्नो जनचेतनामूलक सम्भाषणमा ट्राफिक दुर्घटना विषयमा सचेतना गराउँदै गाडी कुदाउँदा सिट बेल्ट अनिवार्य लगाउनु पर्ने, गाडी अतिरिक्त स्पिडमा नकुदाउनु, गाडी चालक र बाइट चालकहरुको भ्यालिट लाइसेन्स हुनु पर्ने, गाडी र बाइकको कागज पत्रहरु सही हुनु पर्ने, मातेर गाडी चलाउनु नहुने, तोकिएको ठाउँमा मात्रा पार्किङ गर्न पाउने, अस्पताल र स्कूल परिसरतिर बेसी हर्न नबजाउनु, बाइक र स्कुटीहरुमा दुवैजनाले हेल्मेट अनिवार्य लगाउनु पर्ने, तीनजना नपाइने जस्ता विषयहरुमा सचेतना गराएका थिए। ट्राफिक पुलिस ओसी बीरेन्द्र छेत्रीले उपस्थित सबै चालकहरु र स्थानीयहरुलाई गाडी, बाइक, स्कुटी चलाउँदा अप्नाउनु पर्ने सावधानीहरु र ट्राफिक नियमहरु विषयमा जनचेतनामूलक सम्भाषण राखेका थिए।










