घैयाबारी र जोगमाया चियाबारीमा‌ भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20250129-WA0166

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत सातौं चरणको सांगठनिक सभा घैयाबारीको २५७ बुथ र जोगामया चियाबरीमा सम्पन्न भएको छ। घैयाबारीको बुथ नम्बर २५७ मा सम्पन्न सभालाई बुथको सभापति नरेन राईले‌ अध्यक्षता गरेका थिए भने सञ्चालन समष्टिकाे प्रवक्ता बिपन विश्वकर्मले‌ गरेका थिए। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, शाखाको सचिव नवराज प्रधान, पञ्चायत समिति सदस्या कुसुम तामाङ, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई आदिले वक्तव्य राखेका थिए।‌ आज नै भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत अर्को सांगठनिक सभा जोगमाया चियाबारीमा‌ पनि सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता भागोप्रमोको ट्रेड युनियन शाखा सचिव सुरज थापाले गरेका थिए भने सञ्चालन शाखा सचिव देवेन मंगरले गरेका थिए। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, नारी शक्ति समष्टिकाे सभापति निरा प्रधान, युवा शक्ति समष्टिकाे सभापति केवल राई, समष्टिकाे प्रवक्ता बिपन विश्वकर्म, समष्टिकाे उप सभापति धिरेन प्रधान, पञ्चायत सदस्य चन्दना तामाङ आदिले वक्तव्य राखेका थिए। सभामा वक्ताहरुले भागोप्रमो पार्टीको सांगठनिक गतिविधि र पार्टीगत विषयमा चर्चा परिचर्चा गरेका थिए। यस सांगठनिक सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत सातौं चरणको सभा घैयाबारी र जोगमाया चियाबारीमा‌ एकै दिनमा सम्पन्न भएको जानकारी गराएका छन्। उनले यो शाखा पसौं अभियान र सांगठनिक सभा जारी बताउँदै यस्तो सांगठनिक सभा तीनधारे महानदी समष्टिको हरेक बुथहरुमा आयोजना गरिने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement