इम्फाल: मणिपुरको संवेदनशील क्षेत्रहरूमा सुरक्षा बलहरूद्वारा व्यापक खोजी अभियानको क्रममा धेरै मात्रामा हतियार अनि विस्फोटक सामग्री जफ्त गरिएको छ। चुराचाँदपुर जिल्लाको हेंगलेप थाना क्षेत्र अन्तर्गत लोइलमकोटबाट नालोनसम्म गरिएको अभियानमा छः रकेट (आईडी) अनि एउटा लञ्चर, एउटा देशी मोर्टार (पोम्पी), ७.६२ मिमी स्नाइपर राउण्ड, एउटा स्नाइपर म्यागजिन, तीनवटा टियर स्मोक शेल (शर्ट रेञ्ज), चारवटा टियर स्मोक शेल (सीएस), दुईवटा टियर स्मोक शेल (नर्मल), ३८ मिमी रबर बुलेट राउण्ड, तीनवटा आईडी शेल, तीनवटा हेलमेट र तीनवटा बुलेटप्रूफ ज्याकेट समेत एउटा फाइबर प्लेट जफ्त गरिएको छ।