तेस्रो टी२० म्याचको हारबाट शिक्षा लिने कप्तान सूर्यकुमार यादवको वाचा

IMG-20250129-WA0117

राजकोट: ईंग्ल्याण्डविरुद्ध तेस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा भारतीय कप्तान सूर्यकुमार यादवले टस जितेर पहिला फील्डिंग गर्ने फसेला गरे पनि उनको टीमले हारको सामना गर्नु पऱ्यो। ईंग्ल्याण्डले पहिला ब्याटिंग गर्दै १७१ रन बनायो। जवाफमा भारतले असल शुरुवातपछि पनि लक्ष्यलाई हासिल गर्न सकेन। यसरी सीरीजको पहिलो २ वटा म्याचमा जीत हासिल गर्ने भारतीय टीम मंगलवार राति २६ रनले पराजित भयो। यस जीतको साथै ईंग्ल्याण्डले ५ वटा म्याचको सीरीज पनि जीवित राख्यो। म्याचपछि भारतीय कप्तानले हारको कारणहरूबारे चर्चा गरे। सूर्यकुमारले भने, मलाई राति सामान्य शीत पर्ने लागिररहेको थियो। हार्दिक र अक्षर ब्याटिंग गर्दासम्म पनि म्याच हाम्रो हातमा थियो तर यस पार्टनरशीपलाई तोड़्ने श्रेय आदिल राशिदलाई जान्छ। उनले वास्तवमा असल बलिंग गरे। यसैकारण उनी विश्व स्तरीय बलर हुन्। उनले हामीलाई स्ट्राईक रोटेट गर्ने मौका पनि दिएनन्। भारतीय कप्तानले भने, हाम्रो टीममा पनि धेरै स्पिनर थिए। टी२० म्याचमा हामी सदा केही न केही सिक्छौं। आज हामीले ब्याटिंगको दृष्टिकोणले शिक्षा पायौं। अब हामीले आफ्न गल्तीहरू खुट्याएर त्यसबाट शिक्षा लिनु पर्नेछ। आज शमीलाई विकेट हासिल नभए पनि उनले चाँड़ै असल प्रदर्शन गर्ने हामीलाई आशा छ। यसरी प्लेयर अव् द म्याच रहने वरुण चक्रवर्तीलाई टीमलाई जीत दिलाउन नसकेको दुःख रहेको छ। उनले भने, हामीले अन्तमा म्याच जित्न सकेनौं तर यो खेलको प्रकृति हो। अब हामी यस हारबाट अघि बढ़ेर अघिल्लो म्याचको निम्ति तयार हुनु पर्नेछ। देशको निम्ति खेल्दा तपाईंले जिम्मेवारी लिनु पर्छ। म एक हदसम्म यस्तो गर्न सक्षम छु।
म्याचमा ईंग्ल्याण्डले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७१ रन बनायो। ओपनर बेन डकेटले २८ बल खेलेर सर्वाधिक ५१ रन बनाए। यसमा ७ वटा चौका र २ वटा छक्का सामेल छ। यसबाहेक लियम लिविंगस्टोनले ५ वटा छक्का र एउटा चौकाको साथ ४३ रन बनाए। ईंग्ल्याण्डले एक समय केवल १ विकेटमा ८३ रन बनाइसकेको थियो तर स्पिनर वरुण चक्रवर्तीको उत्कृष्ट बलिंग अघि ईंग्ल्याण्डले अन्तमा १७१ रन मात्र बनाउन सक्यो। चक्रवर्तीले सर्वाधिक ५ विकेट लिए। जवाफमा भारतले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो। अलराउण्डर हार्दिक पाण्ड्याले सर्वाधिक ४० रन बनाए। उनले ३५ बल खेलेर २ वटा छक्का र एउटा चौका लगाए। यसबाहेक ओपनर अभिषेक शर्माले २४ रनको योगदान दिए। कप्तान सूर्यकुमार यादव फेरि फ्लप रहे अनि केवल १४ रन बनाएर आउट भए। तेस्रो म्याच हारे पनि भारत ५ वटा म्याचको सीरीजमा २-१-ले अघि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement