सिलगढ़ी: सिलगढ़ी नजिक फाप्री निवासी २० वर्षीय युवा फरवर्ड एनोस कुलुंग राईलाई चाँड़ै असम प्रीमियर लीगमा खेलिरहेको देखिनेछ। सिलगढ़ी युनाइटेड फूटबल क्लबका प्रशिक्षक अनिमेश लामाको मार्गदर्शनमा करियरलाई अघि बढ़ाउने युवा फूटबलरले असम प्रीमियर लीगको निम्ति एफसी ग्रीन भेल्लीसँग अनुबन्ध गरेका छन्। आफ्नो गति र गोल गर्ने असाधारण क्षमताले गर्दा चिनिने एनोसले यसअघि बेंगलुरु लीगमा पनि आफ्नो छाप छोड़ेका थिए। यसरी उनले बेंगल फूटबल एकाडमीको पनि प्रतिनिधित्व गरेका थिए।











