नयाँ दिल्ली: ब्राजीलका स्टार फूटबलर नेमारले सऊदी अरबको क्लब अल हिलालसँग नाता तोड़ेपछि आफ्नै देशको अग्रणी क्लब सान्तोसमा सामेल हुने फसेला गरेका छन्। नेमार लगभग १२ सालपछि यस टीमबाट खेल्नेछन्। क्लबका अध्यक्ष मार्सेलो तेइजेरियाले सोशल मीडिया च्यानलहरूमा नेमार सान्तोसमा आइरहेको पुष्टि गरेका छन्। अल हिलालले हालै नेमारसँग आपसी सहमतिमा अनुबन्ध समाप्त गरिएको घोषणा गरेको थियो। ब्राजीलका ३२ वर्षीय फूटबलरले अल हिलालबाट केवल ७ वटा म्याच खेलेका थिए। त्यसमा उनले एउटा गोल र २ वटा एसिस्ट गरेका थिए। यूरोपेली क्लब फूटबलमा बार्सिलोना र पेरिस सेण्ट जर्मेन (पीएसजी) जस्ता क्लबको प्रतिनिधित्व गरिसकेका नेमारलाई अल हिलालमा सामेल भएको लगत्तै पछि एसीएल (खुट्टाको चोट)-ले सताएको थियो। नेमारले सान्तोसको निम्ति ६ वटा खिताब जितेका छन्, जसमा २०११-मा कोपा लिबरताडोर्स ट्रफी पनि सामेल छ। क्लबका अध्यक्ष मार्सेलोले भनेका छन्, नेमारको निम्ति यो घर फर्किने समय हो। उनी आफ्नो मानिसहरूका निम्ति फर्किनु पर्नेछ। उनी आफ्नो घर र क्लबमा फर्किरहेका छन्। उनी हामी सबैको मनको नजिकमा छन्। नेमारलाई स्वागत छ। उनलाई चाँड़ै कालो-सेतो जर्सीमा देखिनेछ। सान्तोस उनलाई स्वागत गर्न उत्साहित छ। नेमार अगस्त २०२३-मा पेरिस सेण्ट जर्मेनबाट ९ करोड़ यूरोको ट्रान्सफर फीसमा सऊदी अरबको क्लब अल हिलालमा सामेल भएका थिए।











