पहिलो ३ वटा म्याचमै वरुण चक्रवर्तीको रेकर्ड

IMG-20250129-WA0100

राजकोट: भारतीय स्पिनर वरुण चक्रवर्तीले राजकोटको सौराष्ट्र क्रिकेट एसोसिएशन स्टेडियममा ईंग्ल्याण्डविरुद्ध खेलिएको तेस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा ५ विकेट हासिल गरे। म्याचमा भारत २६ रनले पराजित भए पनि चक्रवर्तीले ४ ओभरमा केवल २४ रन खर्च गरी ५ विकेट लिए। यो उनको टी२० इण्टरनेशनलमा दोस्रो ईनिंग्समा ५ विकेट हो। यसअघि गत वर्ष नोभेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध पनि उनले ५ विकेट हासिल गरेका थिए। ईंग्ल्याण्डविरुद्ध जारी सीरीजमा उनी असल फर्ममा रहेका छन्। उनले काेलकत्तामा खेलिएको पहिलो म्याचमा ३ र चेन्नईमा खेलिएको दोस्रो म्याचमा २ विकेट लिएका थिए। त्यसपछि मंगलवार राति उनले राजकोटमा खेलिएको तेस्रो टी२० इण्टरनेशनल म्याचमा पनि ५ विकेट हासिल गगरे। यसरी उनले ईंग्ल्याण्डविरुद्ध ५ वटा म्याचको सीरीजअन्तर्गत पहिलो ३ वटा म्याचमै १० विकेट पूरा गरे। यसको साथै चक्रवर्ती अहिले भारत र ईंग्ल्याण्डबीच द्विपक्षीय टी२० सीरीजमा कम्तीमा १० विकेट हासिल गर्ने इतिहासका पहिलो क्रिकेटर बनेका छन्। यस ३३ वर्षीय स्पिनरले सीरीजको रहल दुईवटा म्याचमा अझ केही विकेट हासिल गरी आफ्नो रेकर्डमा सुधार गर्न सक्नेछन्। सीरीजको चौथो र पाँचौं टी२० म्याच क्रमशः ३१ जनवरी (पुणे) र २ फरवरी (मुम्बई)-मा खेलिनेछ। ईंग्ल्याण्डविरुद्ध जारी सीरीजमा चक्रवर्तीले अहिलेसम्म ३ वटा म्याचमा ८.५०-को असाधारण औसतले १० विकेट लिएका छन्। चक्रवर्तीले जुलाई २०२१-मा कोलम्बोमा श्रीलंकाविरुद्ध टी२० इण्टरनेशनल म्याचको साथ भारतीय टीमको निम्ति पदार्पण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement