अल-हिलालद्वारा नेमारसँग अनुबन्ध समाप्त भएको घोषणा

IMG-20250128-WA0225

रियाद: सऊदी अरबको क्लब अल-हिलालले फूटबलर नेमारसँग आपसी सहमतिले अनुबन्ध समाप्त गर्नमा सहमति बनेको जानकारी दिएको छ। ब्राजीलका ३२ वर्षीय नेमारले क्लबको निम्ति ७ वटा म्याच खेलेर एक गोल गर्नको साथै २ वटा एसिष्ट गरे। एसीएल (खुट्टामा लागेको चोट) -ले गर्दा अक्टोबर २०२३-देखि मैदान बाहिर रहे पनि बार्सिलोना र पेरिस सेण्ट जर्मेन (पीएसजी)-का पूर्व खेलाड़ी नेमारलाई गत सत्रमा सऊदी प्रो लीग जित्ने टीममा सामेल गरिएको थियो। यस सालको फिफा क्लब वर्ल्ड कपमा अल-हिलालले हिस्सा लिएपछि नेमारसँग अनुबन्ध समाप्त हुने थियो। क्लब वर्ल्ड कपको आयोजन १५ जूनदेखि १३ जुलाईबीच अमेरिकामा हुनेछ। क्लबले सोमवार एउटा बयानमा भनेको छ, हामी नेमार प्रति आभार व्यक्त अनि उनको प्रशंसा गर्छौँ। स्टार फरवर्ड नेमार अगस्त २०२३-मा पीएसजी-बाट सऊदी अरबको क्लबमा ९ करोड़ यूरो (९ करोड़ ४० लाख डलर) – मा सामेल भएका थिए। अल-हिलालमा सामेल भएपछि नेमारले लगातार खेल्न सकेनन्। उल्लेखनीय छ, सऊदी प्रो लीगमा क्रिस्टियानो रोनाल्डो पनि खेलिरहेका छन्। पोर्तुगलका कप्तानले अल-नस्रको प्रतिनिधित्व गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement