५०औं वर्षगॉंठ समारोहलाई लिएर राजभवनमा बैठक आयोजित

n64956987417380875863852d026efca0a3a013ff3457958e4dcc5612146429bfcfb8869ffc43dbcccab28d

गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औं वर्षगॉंठ समारोहका आगामी योजनाहरूको सन्दर्भमा आज राजभवनमा एक अन्तर विभागीय बैठकको आयोजन गरियो। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरको निर्देशानुसार आयोजित बैठकको अध्यक्षता राज्यपालका सचिव जितेन्द्र सिंह राजेले गरेका थिए।
बैठकमा​ निर्माण एवं आवास विभाग, बिजुली आपूर्ति विभाग, शहरी विकास विभाग र पशुपालन एवं पशु चिकित्सा सेवा विभागका अधिकारीहरूले भो लिएका थिए। सचिवले बैठकमा राजभवन परिसरमा आगामी उत्सवका लागि धेरै महत्त्वपूर्ण परियोजनाहरू समयमै सम्पन्न गर्न जोड दिए। यसका साथै विभिन्न विभागहरूलाई जिम्मेवारी पनि सुम्पियो।
बैठकमा सबै विभागहरूले राज्य स्थापनाको ५०औं वर्षगॉंठ समारोह सफलतापूर्वक आयोजन गर्न निर्धारित परियोजनाहरू समयमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement