जूनियर नेशनल हकी च्याम्पियनशीप खेल्न कालचिनीका विशाल पाख्रिन तमिलनाडूमा

photocollage_202252412301376.jpg

२४ मईः फूटबल गोलकीपरको रूपमा शुरुवात गरे पनि अहिले हकी खेलाड़ीको रूपमा राष्ट्रिय स्तरमा प्रतिभा देखाउने प्रतीक्षामा रहेका छन् डुवर्स कालचिनीका विशाल पाख्रिन। डुवर्स फूटबल एकाडमीका प्रमुख कुमार लामाको मार्गदर्शनमा गोलकीपरको रूपमा करियरको शुरुवात गर्ने विशाल अहिले १२औं हकी इण्डिया जूनियर मेन्स नेशनल च्याम्पियनशीपमा हिस्सा लिन तमिलनाडु गएका छन्। त्यहाँ उनले बिहार राज्यको प्रतिनिधित्व गर्नेछन्। साल २०१६-मा विशालले फूटबल गोलकीपरको रूपमा शुरुवात गरे पनि पछिबाट कुमार लामाकै प्रयासमा उनी बिहारको आर्मी बोइज होस्टलमा गएका थिए। त्यहाँका प्रशिक्षक र शुरुवाती प्रशिक्षक कुमार लामाको परामर्शमै उनले हकी गोलकीपरको रूपमा खेल्न शुरु गरेका थिए। कालचिनी निवासी पेमा पाख्रिन अनि तरुणा पाख्रिनका सुपुत्र विशालमा गजबको प्रतिभा रहेको छ अनि अहिले उनी आफ्नो फूर्तिलो प्रदर्शनद्वारा सबैको मन जित्न तयार छन्। आफ्नो पहिलो शिष्यको प्रगतिमा खुशी व्यक्त गर्दै डुवर्स फूटबल एकाडमीका प्रमुख कुमार लामाले भविष्यमा पनि डुवर्स क्षेत्रबाट यस्तै प्रतिभाशाली खेलाड़ीहरू तयार गर्ने प्रतिबद्धता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement