सिक्किमका लोकगीत र नृत्यहरूमाथि आयोजित कार्यशालाको समापन

n6495853351738087286234cf3279c254ba5fcbd53230ce55dd167c0542413c6b1f9f5999f8fd3e2ecd82da

गान्तोक: राजधानीस्थित मनन केन्द्रको मिनी हलमा आज सिक्किमका लोकगीत र नृत्यहरू सम्बन्धित आयोजिता कार्यशालाको समापन भयो। संस्कृति विभागद्वारा आयोजित कार्यशालाको समापन कार्यक्रममा सिक्किम एकादमीका अध्यक्ष एसआर सुब्बा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।
यस अवसरमा संस्कृति विभागका सचिव बसन्त कुमार लामा, सचिव (प्रशासन) पीएल शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कलाकारहरूलाई प्रशिक्षण प्रदान गर्ने उद्देश्यले समवन्धित विभागद्वारा आयोजित कार्यशाला २४ सेप्टेम्बरदेखि ३१ अक्टोबरसम्म सञ्चालन गरिएको थियो, जसको उद्देश्य लेप्चा, भोटिया र नेपाली समुदायका लोकगीत र नृत्यमा नयाँ भर्ना भएका कलाकारहरूलाई तालिम प्रदान गर्नु थियो।
आफ्नो सम्बोधनको क्रममा मुख्य अतिथिले पद्मश्रीका लागि मनोनित नरेन गुरुङलाई उनको उल्लेखनीय उपलब्धिहरूको लागि बधाई दिए। उनले पुरस्कार विजेताहरू र कार्यशालाका सबै सहभागीहरूलाई बधाई दिए। उनले लोक संस्कृतिप्रति गहिरो प्रशंसा व्यक्त गर्दै विभागले सिक्किमको समृद्ध परम्परालाई संरक्षण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। विभागले विभिन्न क्षेत्रहरूमा प्रतिभा सफलतापूर्वक विकास गरिरहेको उनले उल्लेख गरे। उनले सबै सहभागीहरूलाई आफ्नो प्रयासमा उत्कृष्टताको लागि प्रयास गर्न आग्रह गर्दै राज्यको उन्नतिमा व्यक्तिगत योगदानको महत्त्वमाथि जोड दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement