गान्तोक: सोरेङ जिल्लाको मोटर भेहिकल डिभीजनको पहलमा दोस्रो चरणको राष्ट्रीय सडक सुरक्षा महिना मंगलबारियाको खण्ड प्रशासनिक केन्द्रमा पालन गरियो। यस अवसरमा टाकुथाङ मंगलबारिया ग्राम पञ्चायत एकाई अध्यक्ष मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने नर्थइस्ट ड्राइभर्स एसोसिएशनका अध्यक्ष लगायत अन्यहरूको पनि सामेल रहेका थिए। यस अवसरमा विशेष गरेर सारथी, वाहन अनि आर्टिफिसियल इन्टेलिजेन्स लगायत विभिन्न विषयमा चर्चा परिचर्चा गरियो।