दुबई: वर्ष २२०२४-मा रेकर्ड प्रदर्शन गर्दै हरेक प्रारूपमा कौशल, निरन्तरता र सटीकताको उत्कृष्ट उदाहरण पेश गर्ने भारतीय पेस बलर जसप्रीत बुमराहलाई सालका सर्वश्रेष्ठ पुरुष क्रिकेटरको रूपमा प्रतिष्ठित सर गारफील्ड सोबर्स पुरस्कारको निम्ति चयन गरियो। सोमवार ३१ वर्षीय बुमराहलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सालको सर्वश्रेष्ठ टेस्ट क्रिकेटर चयन गरेको थियो अनि उनलाई सालको टेस्ट टीममा पनि स्थान प्राप्त भएको थियो। आईसीसीद्वारा जारी बयानमा भनिएको छ, जसप्रीत बुमराहलाई आईसीसी पुरस्कारहरूमा वर्षका सर्वश्रेष्ठ पुरुष क्रिकेटरको रूपमा सर गारफील्ड सोबर्स पुरस्कारको निम्ति चयन गरिएको छ। वर्ष २०२४-मा उनले हरेक प्रारूपमा विरोधी टीमहरूमाथि दबाउ कायम राखे। बुमराह यस प्रतिष्ठित पुरस्कारले सम्मानित हुने भारतका चौथो क्रिकेटर हुन् । यसअघि राहुल द्रविड़ (२००४), सचिन तेन्दुलकर (२०१०), रविचन्द्रन अश्विन (२०१६) र विराट कोहली (२०१७ र २०१८)-लाई यो पुरस्कार प्राप्त भएको थियो। बुमराहको कौशलको झलक आईसीसी टेस्ट बलरहरूका ऱ्याङकिंगमा देख्न सकिन्छ, जसमा उनले ९०० पोइण्ट्सको आँकड़ा पार गरेका छन् अनि सालको अन्तमा उनको नाममा ९०७ पोइण्ट्स रह्यो, जुन ऱ्याङकिंगमा कुनै पनि भारतीय बलरको निम्ति सर्वोच्च हो। बुमराहले २०२४-को टी२० वर्ल्ड कपमा भारतको खिताबी जीतमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै १५ विकेट लिए। यस प्रदर्शनको निम्ति बुमराहलाई प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार प्राप्त भएको थियो। बुमराहले गत वर्ष १३ वटा टेस्टमा १४.९२-को औसतले ७१ विकेट लिएका थिए। कपिल देवको १९८३-मा १०० विकेटपछि यो दोस्रो सर्वश्रेष्ठ प्रदर्शन हो। यसरी बुमराहले हालै अष्ट्रेलियामा बोर्डर गावस्कर ट्रफीको अवधि पनि ५ वटा टेस्ट म्याचमा ३२ विकेट लिएका थिए। यसबीच भारतीय पेस बलर अर्शदीप सिंहले २०२४-को निम्ति सर्वश्रेष्ठ टी२० पुरुष क्रिकेटरको पुरस्कार जिते।