गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेको अध्यक्षतमा आज जिल्ला जल अनि स्वच्छता मिशनबारे एक बैठक गान्तोक जिल्ला जिल्ला प्रशानिक केन्द्रमा सम्पन्न भयो। आज सम्पन्न बैठकमा अतिरिक्त जिल्लापाल सिसुम वाङचुक, महकुमा अधिकारी गिरधरीलाल मिना, महकुमा अधिकारी रोशन सुब्बा लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। यस अवसरमा पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा स्वच्छ भारत मिशन ग्रामीण लगायत अन्यबारेमा जानकारी गराइयो।पावर पोइन्ट प्रेजेन्टेसन पछि राक्दोङ तिन्तेक, खाम्दोङ, राङका अनि नान्डोक खण्डका अधिकारीहरूले आफ्नो खण्डमा चलिरहेको उक्त योजनाबारे जानकारी गराए। बैठकलाई सम्बोधन गर्दै जिल्लापालले जियोट्यागिङ मार्फत चलिरहेको उक्त योजचनाहरू सञ्चालनको निम्ति कागजपत्र जाँच गर्न आग्रह गरे। यस बैठकमा जिल्लापालले जल जिवन मिशनको प्रगतिबारे खान्दोङ, राक्दोङ तिन्तेक, मार्तम, राङका अनि नान्डोकका सह अभियन्ता लगायत अन्य अधिकारीहरूसँग जानकारी लिए। सोही प्रकारले डीपीओ जिल्ला सोनम ग्याछो भोटियाले जल जिवन मिशनसँग जोडिएका सबै अधिकारीहरूलाई बुधबार बिहानसम्म रिपोर्ट बुझाउनु पर्ने आग्रह गरे। यसरी नै जिल्लापाल निखारेले पिउने पानी र सरसफाइ सुविधाहरूको उपलब्धता र कार्यक्षमताको बारेमा थप जानकारी लिँदै जनस्वास्थ्यमा उनीहरूको महत्वपूर्ण भूमिकामाथि जोड दिए। छलफलको क्रममा गान्तोक जिल्लाभरि सामुदायिक परिसरको सरसफाई सञ्चालनबारे जानकारी गराइयो। जिल्लापालले मार्तमका खण्ड विकास अधिकारी लगायत सबै सीएससीहरूको कार्यप्रणालीको मूल्याङ्कन गर्न क्षेत्रीय भ्रमण गर्न निर्देशन दिए।