दिल्लीको गणतन्त्र दिवस कार्यक्रममा सिक्किमको सहभागिता

IMG-20250128-WA0218

गान्तोक: देशको राजधानी नयाँ दिल्लीको कर्तव्य पथमा आयोजित गणतन्त्र दिवसको अवसरमा सिक्किम सरकारको वन्य एवं पर्यावरण विभागले पनि सहभागिता जनाएको थियो।सिक्किम राज्यको वन विभागको पर्यावरण संरक्षणप्रतिको योगदान साथै प्रतिवद्धतालाई ध्यानमा राख्दै गणतन्त्र दिवसको अवसरमा आमन्त्रित गरिएको थियो। वन विभागका रेञ्ज अधिकारी तेञ्जिङ डब्ल्यू भोटियाको नेतृत्वमा पाँचजना सदस्यहरूले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए। जसमा दुगे भोटिया, तोप्गे भोटिया, पबित्र छेत्री लगायत ३५ जनाले सहभागिता जनाएका थिए। सिक्किम राज्यबाट गएका प्रतिनिधिहरूले गणतन्त्र दिवस परेडको भव्यता हेर्ने सौभाग्य पाएका थिए। जसले भारतको सैन्य शक्ति, सांस्कृतिक विविधता र प्राविधिक उपलब्धिहरू प्रदर्शन गका थिए। टोलीले राष्ट्रिय युद्ध स्मारक र प्रधानमन्त्री संग्रहालय लगायत प्रतिष्ठित राष्ट्रिय स्थलचिन्हहरूको पनि अन्वेषण गरे। जसले गर्दा राष्ट्रको समृद्ध इतिहास र शासन प्रणालीबारेमा जानकारी हासिल गर्ने अवसर प्राप्त भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement