गान्तोक: वनधन विकास केन्द्रका ६ जना सदस्य र सहकारी विभागका एक अधिकारूले गत २६ जनवरीको दिन देशको राजधानीसस्थित कर्तव्य पथमा आयोजित ७६औं गणतन्त्र दिवसमा सहभागिता जनाए। उक्त कार्यक्रममा जनजाति मामिला मन्त्री मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।यो निमन्त्रणालाई आ-आफ्नो क्लस्टरमा रहेका जनजाति समुदायहरूमाझ प्रधानमन्त्री वन धन योजनाको गठन र प्रवर्द्धन गर्ने उनीहरूको कडा परिश्रमको सम्मानको रूपमा मानिलएको छ। कार्यक्रममा सहभागीहरूलाई पुरानो र नयाँ संसद भवन, संग्रहालय र पुस्तकालय, प्रधानमन्त्री सङ्ग्रालय लगिएको थियो ,जहाँ लोकतन्त्रको यात्रा र योगदानलाई उच्च मापन गरिएका नेताहरूको चित्र देखाइयो। सहभागीहरूलाई रूपान्तरित भारतको गर्व महसुस गराउन एक्सपोजर ट्रिपको रूपमा मेट्रो रेलको सवारी पनि गराइएको थियो।