गान्तोक: सिक्किम इन्सपार्य योजनाअन्तर्गत चेम्चेस्थि आइएचसीएईमा दोस्रो चरणको १६ दिवसीय प्रक्षिक्षण टुर एण्ड गाइड प्रशिक्षण कार्यक्रम शुरु भयो। २८ जनवरीदेखि शुरू भएर प्रशिक्षण आगामी १२ फरवरीको दिन समापन हुने भएको छ। १६ दिवसीय उदघाटन कार्यक्रममा मुख्यअतिथिको रूपमा चेम्चेका संयुक्त निर्देशक काजी शेर्पा थिए। साथमा उपनिर्देशक मनोजकुमार छेत्रीलगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। उदघाटन कार्यक्रममा एडभेन्चरका प्रशिक्षणको महत्त्वमाथि प्रकाश पार्दै प्रशिक्षणको दोस्रो ब्याचमा राज्यभरिका ४५ जना पुरुष र २० महिला गरी ६५ स्थानीय बेरोजगार युवाहरूले भाग सहभागिता जनाएको बताए। उनले प्रशिक्षण कार्यक्रम आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्यबारे जानकारी गराउँदै बढ्दो पर्यटन मागलाई पूरा गर्न स्थानीय युवाहरूलाई साहसिक पर्यटनमा संलग्न गराउने योजना रहेको बताए। उनले प्रशिक्षार्थीहरूलाई विभागबाट दर्ता प्रमाणपत्र प्रदान गरिनेछ जसले उनीहरूलाई पाठ्यक्रम सफलतापूर्वक पूरा गरेपछि सरकारद्वारा दर्ता गरिएको टुर गाइडको रूपमा काम शुरू गर्न अनुमति दिनेछ।