विदेशी रियल स्टेट कम्पनीको लागि साउदी अरबमा खुल्यो लगानीको मार्ग

(FILES) In this handout file picture provided by the Saudi Royal Palace shows Saudi Crown Prince Mohammed bin Salman chairing the Gulf Cooperation Council (GCC) summit in Saudi Arabia's capital Riyadh on December 14, 2021. - From greeting foreign leaders to heading regional summits, Crown Prince Mohammed bin Salman is taking over the reins from his ageing father, going from de facto ruler to an uncrowned king. (Photo by Bandar AL-JALOUD / Saudi Royal Palace / AFP) / RESTRICTED TO EDITORIAL USE - MANDATORY CREDIT "AFP PHOTO / SAUDI ROYAL PALACE / BANDAR AL-JALOUD" - NO MARKETING - NO ADVERTISING CAMPAIGNS - DISTRIBUTED AS A SERVICE TO CLIENTS

साउदी अरबका युवराज तथा राज्यका वास्तविक शासक मोहम्मद बिन सलमानले आफ्नो महत्वाकांक्षी परियोजना ‘भिजन २०३०’ अन्तर्गत मक्का र मदिनामा विदेशी लगानी प्रवर्द्धन गर्ने निर्णय गरेका छन्। साउदी अरेबियाले इस्लामको पवित्र शहर मक्का र मदिनामा रहेका सरकारी घरजग्गा कम्पनीहरूमा विदेशीहरूले लगानी गर्न सक्ने बताएको छ। साउदी अरबले बढीभन्दा बढी विदेशी लगानी आकर्षित गर्न यो निर्णय गरेको हो। साउदी अरेबियाको क्यापिटल मार्केट अथोरिटीद्वारा जारी विज्ञप्ति अनुसार सोमबार जनवरी २७ देखि विदेशी लगानीकर्ताले साउदी स्टक एक्सचेन्जमा सूचीकृत फर्महरूको सेयर किन्न सक्नेछन्। सूचीकृत कम्पनीको सेयरमा विदेशी लगानीकर्ताको हिस्सेदारी ४९ प्रतिशतभन्दा बढी हुन नसक्ने शर्त पनि रहेको सीएमएले जनाएको छ। सीएमएका अनुसार यसको उद्देश्य पूँजी बजारमा प्रतिस्पर्धालाई प्रवर्द्धन गर्नु र साउदीको ‘भिजन २०३०’ को उद्देश्य पूरा गर्नु हो। यो खबरपछि केही घरजग्गा कम्पनीको शेयरमा उकालो लागेको छ। साउदी अरबको जबल उमर डेभलपमेन्ट कम्पनीको शेयरमा १० प्रतिशतसम्मको वृद्धि देखिएको छ। दार अल अर्कान रियल इस्टेट डेभलपमेन्ट कम्पनी, तैबा इन्भेष्टमेन्ट कम्पनी, इमार इकोनोमिक सिटी र मक्का कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट कम्पनीको शेयर पनि बढेको छ। विदेशीहरूलाई साउदी अरबमा सम्पत्ति किन्न अनुमति छ तर यसमा पनि विशेष प्रतिबन्धहरू छन्। राज्यका पवित्र शहरहरूमा स्वामित्व सामान्यतया साउदी नागरिकहरूमा सीमित छ। तर, विदेशीले त्यहाँ जग्गा भाडामा लिन सक्छन्। साउदी अरबले १०० अर्ब डलरको विदेशी लगानी हासिल गर्ने लक्ष्य राखेको छ। साउदी अरेबियाको यो कदम मध्यपूर्वका इस्लामिक देशहरूमा जारी सुधारको बीचमा चालिएको हो, जसमा अधिकांश छिमेकी देशहरूले विदेशीहरूलाई केही प्रतिबन्धका साथ सम्पत्ति किन्न अनुमति दिइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement