आरजी कर अस्पताल पीडितको परिवारको बारेमा मन्त्री उदयन गुहाले बयान

IMG-20250128-WA0140

मालदा: राज्यको उत्तर बङ्गाल विकास विभागका मन्त्री उदयन गुहाले फेरि एक पटक आरजी कर अस्पताल पीडितको परिवारको बारेमा बयान दिएका छन्। उनले भनेका छन् कि अब ती परिवारले गर्न केही बाँकी छैन। परिवारले सीबीआई जाँच चाहेको थियो। तर सीबीआईले केही पनि प्रमाणित गर्न सकेको छैन। यस कारणले गर्दा अभियुक्तलाई मृत्युदण्डको सजाय भएन। राज्य सरकारले  मृत्युदण्डको लागि उच्च अदालतमा पुनरावेदन दायर गरेको छ। अब परिवारको केही गर्नुपर्दैन, सबै कुरा सरकार र अदालतको हातमा छ। मालदा कलेजको भवनको उद्घाटन कार्यक्रममा राज्यको उत्तर बङ्गाल विकास विभागका मन्त्री उदयन गुहाले यो कुरा बताएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement