दार्जीलिङ: अखिल भारतिय तृणमुल कांग्रेस एक महत्वपूर्ण सभा तकदाह रंगशाला भवनमा सुसम्पन्न भयो। सभामा रंगली रंगलीयट पंचायत समिति अनि विभिन्न बुथहरुलाई नेतृत्व दिदै प्रतिनिधि हरुको उपस्थिति माझ कार्यकर्ताहरुको बाक्लो जमघट रहेको थियो। दिप प्रज्वल्लन पछि आरम्भ भएको सभा खण्ड समिति सभापति नवीन मिश्राको सभापतित्वमा रहेको थियो भने संचालन सचिव संजिला छेत्रीद्वारा रहेको थियो। सभामा खण्ड समिति पूर्णाङ्ग गठनको प्रक्रिया रहेको अनि सभापति नवीन मिश्रा मनोनित भए वापत जोजेन लेप्चा, लागे लेप्चा , पवन सुब्बा अनि संजय थापालाई उप – सभापति भार सर्वसम्मतिद्वारा सुम्पिएको छ। एवमरीतले सचिव संजिला छेत्री मनोनित भए वापत सहसचिव क्रमैले जयन गुरूङ कोषाध्यक्ष फिरोजा राई, गजेन्द्र गुरुङ्ग , प्रवक्ता भानु दोङ्ग सांगठनिक सचिव -भाष्कर तामाङ्ग सुमित राई, आशिष लेप्चा, सुदिप रावत लगायत प्रमुख- सल्लाहकार रेजिना गुरुङ, मुनास राई , रबर्टसन लेप्चा , जोयलसन लेप्चा , सुकदेन लेप्चा , रिदम राईलगायत सल्लाहकारहरुको चयन गरियो। उक्त खण्ड समितिको सरक्षणको रूपमा जिल्ला सभापति शान्ता छेत्री अनि चेयरम्यान एल बी राईलाई मनोनित गरियो। सभामा सांगठनिक विस्तार सुदृढ़ता अनि एकतामाथि विचार विमर्श चर्चा गरेपछि सभा बर्खास्त गरियो।