क्रिकेट टुर्नामेन्ट, तीनधारे: मिक्स अप ईलेभेन र सिलगढी बिजय

IMG-20250128-WA0207

खरसाङ: तीनधारेको सत्र माइलको युवाहरुको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको नगदराशि क्रिकेट टुर्नामेन्ट अन्तर्गत मंगलबार दुईवटा खेल सम्पन्न भएको छ। पहिलो खेल मिक्स अप ईलेभेन र घैयाबारीमाझ सम्पन्न भएको छ। यस खेलमा मिक्स अप ईलेभेनले‌ पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएको थियो। ११५ रनको लक्ष्यलाई खेदो गर्दै घैयाबारीले १५ ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्रै बनाएका थिए‌। यो खेल मिक्स अप ईलेभेनले‌ जित्न सफल बनेको छ।‌ मंगलबार भएको दोस्रो खेल युवराज ईलेभेन र जेडीबी सिलगढीमाझ सम्पन्न भएको छ। यस खेलमा युवराज ईलेभेनले १५ ओभरमा ९ विकेट गुमाएर ७७ रन बनाएका थिए‌ भने सिलगढीले ९ ओभर ३ बलमा २ विकेट गुमाएर खेल जितेको छ। त्यसरी नै सोमवार भएको दुईवटा खेल मेथीबारी र चम्पासरीमाझ सम्पन्न भएको छ‌ यस खेलमा मेथीबारी बिजय बनेको छ‌। त्यसरी नै अर्को खेलमा बीजेबीले बाघगौरालाई पराजित गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement