सिलगढी: लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। लागुऔषध खरिद गरेको आरोपमा पुलिसले ती युवकलाई पक्राउ गरेको छ। लागूऔषध तस्करीको सूचना पाएपछि नक्सलबारी पुलिस चौकीले नक्सलबारीको नेहल दयाराम जोतमा रहेको एक घरमा छापा मारेको थियो। पुलिस छापा मार्ने क्रममा, लागूऔषध खरिद गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। पुलिसको उपस्थिति थाहा पाएर लागूऔषध व्यापारी भागेपछि पुलिसले छापा मार्ने क्रममा ५७ ग्राम ब्राउन सुगर र ४०,२०० रुपियाँ नगद बरामद गरेको छ। पक्राउ पर्ने व्यक्तिको नाम मोहम्मद इरफान हो, जो नक्सलबारी निवासी हुन्। लागूऔषध विरुद्धको पुलिस कारबाहीको समयमा सिलगढी उप-डिभिजन परिषद्का अध्यक्ष अरुण घोष आफैं उपस्थित थिए। पत्रकारहरूसँग कुरा गर्दै उनले सामाजिक उत्तरदायित्वका रूपमा यहाँ आएको बताए। अध्यक्षले यस्तो असामाजिक कामको विरुद्धमा सबै जना अगाडि आउनुपर्ने बताए। लागुऔषधमुक्त समाज निर्माण गर्न सबैले अगाडि आएर यसको विरोध गर्नुपर्नेछ। पक्राउ परेका व्यक्तिलाई आज सिलगढी मजिस्ट्रेट अदालतमा पेश गरिनेछ।