खरसाङ नगरपालिका क्षेत्रमा हाउजिङ फर अल योजनाको सर्वेक्षण कार्य शुरु

IMG-20250128-WA0205

पहिलो दिन वार्ड नम्बर १ र २० सर्वे सम्पन्न

खरसाङ: खरसाङ नगरपालिका क्षेत्रमा हाउजिङ फर अल योजनाको लाभार्थीहरुलाई लिएर प्रशासनिक बैठकमा जीटीए प्रमुख अनित थापाले निर्देशन दिएपछि आजदेखि सर्वेक्षणको कार्य शुरु भएको छ। हाउजिङ फर अल योजनाको लाभार्थीहरुको घर घरमा गएर सर्वे गर्ने कार्यको आजदेखि शुरु गरिएको छ।‌ आज पहिलो दिन खरसाङ नगरपालिका र जीटीएबाट संयुक्त रुपमा दुईवटा टिम बनाएर सर्वे गरिएको जानकारी प्राप्त भएको छ। सर्वेको पहिलो दिन खरसाङ नगरपालिकाको वार्ड नम्बर १ र वार्ड नम्बर २० मा‌ सर्वे गरिएको छ। यस सर्वेक्षण अन्तर्गत वार्ड नम्बर १ मा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, ईओ, एसएई गोबिन्द अधिकारी, एआईसी प्रणयकुमार छेत्री, सीएलटीसी बासु राणा र जीटीएको तर्फबाट सभासद श्याम शेर्पा उपस्थित रहेर सर्वे गरेको जानकारी प्राप्त भएको छ। सर्वेको पहिलो दिन वार्ड नम्बर १ मा ६१ वटा घरहरूमा सर्वेक्षण गरिएको जानकारी प्राप्त भएको छ।

त्यसरी नै वार्ड नम्बर २० मा‌ गरिएको सर्वेक्षण गर्ने टोलीमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, अरबन प्लानर सञ्जय प्रसाद, एसएई विशाल मुखिया, हेड क्लर्क सुरेन कटुवाल, सहायक हेड क्लर्क रबि प्रधान र जीटीएको तर्फबाट दिवस छेत्री आदिद्वारा सर्वे गरिएको जानकारी प्राप्त भएको छ। वार्ड नम्बर २० मा‌ ७० वटा घरहरुमा सर्वे गरिएको जानकारी प्राप्त भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको‌ भाइस चेयरम्यान सुवास प्रधानले हाउजिङ फर अल योजनाको लाभार्थीहरुलाई लिएर प्रशासनिक बैठकमा जीटीए चिफ् अनित थापाले दिएको निर्देशन अनुसार आजदेखि सर्वेक्षणको कार्य शुरु भएको छ बताएका छन्‌‌।

उनले पहिलो दिन वार्ड नम्बर १ मा ६१ घरहरु र वार्ड नम्बर २० मा‌ ७० वटा घरहरुमा सर्वे गरिएको जानकारी गराएका छन्। उनले सर्वेको रिपोर्ट जीटीए प्रमुख अनित थापालाई दिइने साथै सर्वेपछि खरसाङ महकुमा शासक र जीटीए‌ प्रमुखसित सभा गर्ने पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement