खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत सांगठनिक सभा सिलिम हिल चियाबारीमा सम्पन्न भएको छ। उक्त सभा कर्माध्यक्ष दावा वाङ्दी लामाको अध्यक्षता र प्रताप परियारको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टिकाे नारी शक्तिको सभापति निरा प्रधान, युवा शक्ति समष्टिकाे सभापति केवल राई, पञ्चायत सदस्या मिट्ठु लामा आदिले वक्तव्य राखेका थिए। यस सांगठनिक सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत सांगठनिक सभा जारी रहेको छ र यो सांगठनिक सभा समष्टिकाे विभिन्न बुथहरुमा जारी रहने बताएका छन्।