रसुवाको वडाध्यक्ष तामाङ दुवईमा सम्मानित

IMG-20250128-WA0199

धुन्चे, रसुवा: रसुवाको आमाछोदिङ्मो गाउँपालिका ५ का वडा अध्यक्ष दावा गोम्बो (राम बहादुर तामाङ) लाई युएईको दुबईमा सम्मानित गरिएको छ। उनलाई तामाङ एसिया नेपाल इन्टरनेशनल अवार्ड २०२५ बाट सम्मानित गरिएको हो। यो सम्मान शैली मिडिया नेटवर्क प्रा.लि.ले माघ १३ गते आइतबार यूएईको दुबई स्थित हिल्टन अल सीफको विलासी क्यानोपीमा आयोजित कार्यक्रम अन्तर्गत प्रदान गरिएको हो।
कार्यक्रममा उत्कृष्ट राष्ट्रसेवक भएको भन्दै युएई सरकारका बरिष्ठ अधिकृत वालिद अल हसन, नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान, एनआरएन दुबईका अध्यक्ष विकास शाहीले तामाङलाई सम्मान गरेका थिए।
यस अवसरमा शैली मिडिया नेटवर्कका अध्यक्ष राम चन्द्र पोखरेलले एसिया नेपाल इन्टरनेशनल अवार्ड २०२५ ले समृद्ध सांस्कृतिक सम्पदा र विश्वभरका नेपाली व्यवसायी र संस्थाहरूको योगदानको सम्झनाको रूपमा काम गरिरहेको बताए।
यो सम्मानले नेपाली समुदायले विश्वभरमा गरेका योगदानलाई मान्यता दिने उद्देश्य राखेको छ। तामाङले आफ्नो समुदाय र राष्ट्रका लागि गरेका उल्लेखनीय योगदानका कारण यो सम्मान प्राप्त गरेका हुन्।
यसरी सम्मानित हुनुले नेपाली समुदायलाई गर्व गराएको छ र आगामी दिनमा पनि उनीहरूले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement