१२औं शहीद गोल्ड कप फूटबल टुर्नामेण्टः गड़वाल राइफल्स, काेलकत्ता सेमिफाइनलमा पुग्न सफल

photocollage_202512818023403

खरसाङ: युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ खेलकुद संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको बाह्रौं संस्करणमा गड़वाल राइफल्स, काेलकत्ताले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। चानमारी खेल मैदानमा मंगलवार भएको चौथो क्वार्टर फाइनल म्याचमा गड़वाल राइफल्स, काेलकत्ताले कनकाई स्पोर्टिंग क्लब (नेपाल)-विरुद्ध पेनल्टी शूटआउटमा ५-४-ले जीत हासिल गऱ्यो। नियमित ९० मिनटको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा गड़वाल राइफल्सको तर्फबाट एसटी ट्राक्काले १४औं मिनटमा गोल गरे। यसरी कनकाई स्पोर्टिंग क्लबको तर्फबाट विशाल दर्जीले ६६औं मिनटमा गोल गरे। विजेता टीमका गोलकीपर बिनय सरकारले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। आज खेलिएको दुईवटा म्याचको साथमा टुर्नामेण्टको सेमिफाइनल समीकरण तय भयो। अब ३० जनवरीमा हुने पहिलो सेमिफाइनलमा दार्जीलिङ पुलिस र हिल्स फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। यसरी दोस्रो सेमिफाइनल ३१ जनवरीमा गड़वाल राइफल्स, काेलकत्ता र युनाइटेड फूटबल क्लब दार्जीलिङबीच खेलिनेछ। यसरी फाइनल २ फरवरीमा खेलिनेछ। टुर्नामेण्टमा १२ वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ, जसमा उत्तर बंगालका शीर्ष क्लबहरूको साथमा नेपाल र कलकत्ताको टीम पनि सामेल छन्। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement