नयाँ दिल्ली: पूर्व भारतीय विकेटकीपर-ब्याटर दिनेश कार्तिक अहिले एसए२० २०२५-मा पर्ल रोयल्सबाट खेलिरहेका छन् अनि उनले एउटा अभूतपूर्व रेकर्ड बनाएका छन्। ३९ वर्षीय कार्तिकले सोमवार डरबन सुपर जायण्ट्सविरुद्ध १५ बलमा २१ रन बनाए अनि यसको साथै उनी टी२० क्रिकेटमा सर्वाधिक रन बनाउने भारतीय विकेटकीपर बने। कार्तिकले अहिलेसम्म टी२० क्रिकेटमा ३६१ वटा ईनिंग्समा ७४५१ रन बनाएका छन्। यसरी उनले भारतका दिग्गज विकेटकीपर ब्याटर एमएस धोनीलाई पछि छोड़े। धोनीले आफ्नो करियरमा ३४२ वटा ईनिंग्समा ७४३२ रन बनाएका छन्। धोनीसँग अब आईपीएलमा चेन्नई सुपर किंग्सबाट खेल्दै यस रेकर्डलाई फेरि आफ्नो नाम गर्ने मौका चाहिँ रहनेछ। टी२० क्रिकेटमा सर्वाधिक रन बनाउने भारतीय विकेटकीपरहरूमा कार्तिक अघि रहे पनि आईपीएलमा सर्वाधिक रन बनाउने भारतीय विकेटकीपरहरूका सूचीमा चाहिँ उनी धोनीभन्दा धेरै पछि रहेका छन्। आईपीएलमा धोनीले ५१२५ रन बनाइसकेका छन्। दोस्रो स्थानमा रहने कार्तिकको नाममा ४४६३ रन रहेको छ। एसए२०-मा कार्तिकको टीम पर्ल रोयल्सले जारी सीजनमा अहिलेसम्म असल प्रदर्शन गरेको छ। टीम ८ वटा म्याचमा ७ वटा जीतको साथ पोइण्ट्स टेबलको शीर्ष स्थानमा रहेको छ। पर्ल रोयल्सले हालै आफ्नो सबै ओभर स्पिनरहरूद्वारा गराएर नयाँ रेकर्ड बनाएको थियो।