दुबई: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले बताएअनुसार, आउँदो महिना हुने च्याम्पियन्स ट्रफीको पाकिस्तान चरणको निम्ति टिकटहरूको बिक्री शुरु भइसकेको छ तर आयोजक देशमा स्टेडियमहरूको नवीनीकरणको काम चाहिँ अहिलेसम्म पूरा भएको छैन। पाकिस्तानले ३० जनवरीसम्म स्टेडियमहरू आईसीसीलाई सुम्पिनु पर्नेछ तर कराची, लाहौर र रावलपिण्डीको आयोजन स्थलहरूमा अहिले पनि निर्माण कार्य चलिरहेको छ। च्याम्पियन्स ट्रफीको यो सत्र १९ फरवरीदेखि पाकिस्तान र दुबईमा आयोजित हुनेछ। भारतले आफ्नो सबै म्याच दुबईमा खेल्नेछ अनि ती म्याचहरूका टिकटको जानकारी आउँदो समयमा उपलब्ध गराइनेछ। यसबीच पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले चाहिँ तीनवटा स्थान (रावलपिण्डी क्रिकेट स्टेडियम, लाहौरको गद्दाफी स्टेडियम र कराचीको नेशनल ब्यांक स्टेडियम)-मा निर्माण कार्यमा विलम्बले गर्दा यस आयोजनलाई देशबाट बाहिर लैजाने अड़कलहरूलाई खारेज गरेको छ। पीसीबी-लले आईसीसी प्रतिनिधिमण्डलको साथमा प्रसारण, आतिथ्य र कार्यक्रम सञ्चालनसँग सम्बन्धित अधिकारीहरूका देशमा उपस्थितिले टुर्नामेण्टको आयोजन पाकिस्तानमा निर्धारित समयमै हुने दावी गरेको छ।
यसबीच आईसीसीले च्याम्पियन्स ट्रफीको निम्ति टिकटको न्यूनतम मूल्य १००० पाकिस्तानी रुपियाँ (भारतीय मुद्रामा लगभग ३१० रुपियाँ) तय गरेको छ अनि प्रीमियम सीटिंगको निम्ति टिकट मूल्य १५०० पाकिस्तानी रुपियाँ (भारतीय मुद्रामा लगभग ४६५ रुपियाँ)-देखि शुरु हुनेछ। यसरी ९ मार्चमा आयोजित हुने फाइनलको टिकट दुबईमा खेलिने पहिलो सेमिफाइनल म्याचको समापनपछि उपलब्ध हुनेछ। आईसीसीका मुख्य वाणिज्यिक अधिकारी अनुराग दहियाले एउटा विज्ञप्तिमा भनेका छन्, हामी आईसीसी पुरुष च्याम्पियन्स ट्रफी २०२५-को निम्ति आधिकारिक टिकटहरूको बिक्रीको घोषणा गर्दै रोमाञ्चित छैन। यो पाकिस्तान क्रिकेटको निम्ति महत्त्वपूर्ण क्षण हो, जसले १९९६ पछि आफ्नो पहिलो वैश्विक क्रिकेट टुर्नामेण्टको आयोजन गरिरहेको छ। प्रशंसकहरूले टिकटहरूको निम्ति आईसीसी-को वेबसाइटमा पहिला पञ्जीकरण गराउनु पर्नेछ।