पद्मभूषणले सम्मानित भएर गदगद पूर्व गोलकीपर पीआर श्रीजेश

IMG-20250128-WA0132

नयाँ दिल्ली: बोर्ड परीक्षामा ग्रेस अंक पाउनको निम्ति हकी स्टीक पक्रिनदेखि लिएर मेजर ध्यानचन्दपछि पद्मभूषण पुरस्कार पाउने दोस्रो हकी खेलाड़ी बन्नसम्म पीआर श्रीजेशले लामो यात्रा तय गरेका छन्। अहिले श्रीजेशलाई गत २० सालमा भारतीय हकीको निम्ति उनले जे-जति पनि गरे, त्यसभन्दा धेरै देशले उनलाई फर्काएको अनुभव हुन्छ। भारतका महान गोलकीपरहरूमा एक श्रीजेशलाई उनी मेजर ध्यानचन्द (१९५६) पछि पद्मभूषण पुरस्कार हासिल गर्ने दोस्रो हकी खेलाड़ी रहेको कुरा थाहा नै थिएन अनि यस उपलब्धिले उनलाई भावुक बनाएको छ। श्रीजेशले भने, मलाई बिहान खेल मन्त्रालयबाट फोन आएको थियो तर मलाई साँझसम्म आधिकारिक घोषणाको प्रतीक्षा थियो। यतिका सालपछि मेरो मस्तिष्कमा केही फ्ल्याशब्याक चलिरहेको थियो। पुरस्कारहरूको घोषणा हुँदा म राउरकेलामा हकी इण्डिया लीगको म्याच हेरिरहेको थिएँ।
गत वर्ष पेरिस ओलम्पिकमा लगातार दोस्रो काँस्य पदक जितेपछि खेलबाट विदा लिने ३६ वर्षीय श्रीजेशले भने, मैले सबैभन्दा पहिला माता-पिता अनि पत्नीलाई फोन गरे कारण उनीहरूका साथ बिना यो यात्रा सम्भव हुने थिएन। त्यसपछि मैले हरेन्द्र सर (सिंह)-लाई फोन गरे, जसको मार्गदर्शनमा मैले भारतको जूनियर टीममा पदार्पण गरेको थिएँ। करियरको समापनपछि अहिले यो सम्मान प्राप्त हुँदा म खुशी छु। गत २० सालमा भारतीय हकीको निम्ति मैले जे गरे, देशले त्यसको निम्ति मलाई सम्मानित गऱ्यो। म देशलाई धन्यवाद भन्न चाहन्छु। जति मैले दिएँ, देशले मलाई त्यसभन्दा धेरै फर्कायो। मेजर ध्यानचन्दपछि यस सम्मानलाई हासिल गर्ने दोस्रो हकी खेलाड़ी बनेर कस्तो अनुभव भइरहेको छ भन्ने प्रश्न गरिँदा श्रीजेशले भने, मलाई त यसबारे अनभिज्ञ थिएँ। मीडियाको माध्यमले पत्तो लाग्यो। मलाई त विश्वास लागेको छैन। भारतीय अण्डर-२१ पुरुष हकी टीमका प्रशिक्षक श्रीजेशले भने, मेजर ध्यानचन्द सरपछि यो सम्मान पाउने दोस्रो हकी खेलाड़ी बनेको विषयमा मलाई त थाहा नै थिएन। अहिले सपना जस्तो लागिरहेको छ। भारतको हकी खेलमा सुनौलो इतिहास रहेको छ। हामीले यस खेललाई धेरैजना महान खेलाड़ी दिएका छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement