सिलगढी: एक अवकाशप्राप्त सेनाका जवानको लाश होटलको बन्द कोठाबाट फेला परेको छ। सो सैनिकको नाम परशुराम क्षेत्री हो। यो घटना महानन्द पुल नजिकै हिलकार्ट रोडमा रहेको एक होटलमा भएको हो। उनी खोरीबारीका बासिन्दा थिए। हाल परशुराम हिलकार्ट रोडमा रहेको एक बैंकमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए।प्राप्त जानकारी अनुसार, जनवरी २२ मा परशुराम आफ्नो कार्यस्थल, बैंक जान घरबाट निस्केका थिए। तर यसपछि उनी बेपत्ता भए। परिवारका सदस्यहरूले उनलाई जताततै खोजे। तर उनलाई फेला पार्न सकिएको थिएन। त्यसपछि यस सम्बन्धमा खालपाडा पुलिस थानामा लिखित उजुरी दर्ता गरिएको थियो। उजुरीका आधारमा पुलिसले अनुसन्धान सुरु गरेको छ। यसैबीच, जनवरी २६ को राति पुलिसले लाश पहिचानको लागि मृतकको तस्बिर परिवारलाई पठाएको थियो। त्यसपछि लाासको पहिचान हुन सक्यो।यस घटनापछि, लास हिजो राति सिलगढी जिल्ला अस्पताल पठाइएको थियो र आज पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एण्ड अस्पताल पठाइएको छ। यो घटनापछि परिवारका सदस्यहरू स्तब्ध छन्। मृतकका परिवारका सदस्यहरूले उक्त होटलमा सीसीटीभीको व्यवस्था नभएकोमा होटल व्यवस्थापनले लापरवाही गरेको आरोप लगाएका छन्।










