कोहली र केएल राहुलले आ-आफ्नो राज्यबाट रणजी ट्रफी म्याच खेल्ने

IMG-20250127-WA0213

याँ दिल्ली: भारतका दिग्गज ब्याटर विराट कोहली २०१२ पछि आफ्नो पहिलो रणजी ट्रफी म्याच खेल्न तयार छन्। उनले मंगलवार दिल्लीको टीमसँग अभ्यास गर्नेछन्। दिल्लीका प्रशिक्षक सरनदीप सिंहले ३० जनवरीदेखि अरुण जेटली स्टेडियममा रेलवेविरुद्ध खेल्ने रणजी ट्रफीमा म्याचमा कोहली दिल्लीको टीममा सामेल हुने पुष्टि गरेका छन्। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) -ले घरेलु क्रिकेटमा भारतीय अन्तर्राष्ट्रिय क्रिकेटरहरूका भागीदारी वाध्यतामूलक गरेपछि कोहली घरेलु क्रिकेट खेल्न राजी भएका छन्। रणजी ट्रफी म्याचहरूको अन्तिम चरण २ फरवरीमा समाप्त हुनेछ। त्यसको ४ दिनपछि भारत र ईंग्ल्याण्डबीच ३ वटा म्याचको द्विपक्षीय वनडे सीरीज शुरु हुनेछ। कोहलीले १५५ वटा प्रथम श्रेणीको म्याचमा ४८.२३-को औसतले ११,४७९ रन बनाएका छन्। कोहलीको साथमा अनुभवी विकेटकीपर-ब्याटर केएल राहुललाई पनि बेंगलुरुमा तालिकाको शीर्षमा रहने हरियाणाविरुद्ध महत्त्वपूर्ण रणजी ट्रफी म्याचको निम्ति कर्नाटकको टीममा सामेल गरिएको छ। ३२ वर्षीय राहुललाई फिटनेसको आधारमा टीममा सामेल गरिएको थियो तर बीसीसीआई- को मेडिकल टीमले पछिबाट उनलाई म्याच खेल्ने अनुमति दियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement