ब्राउन शुगरसहित तीन पक्राउ

IMG-20241104-WA0112

रम्फू: रम्फू ओल्ड चेकपोस्टमा वाहनहरूको जॉंचको क्रममा तीन जनालाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरिएको छ। पक्रा पर्ने व्यक्तिहरूको नाम चन्द्र कुमार छेत्री, मयुर रणपाल र विजय विश्वकर्म बताइएको छ।
उनीहरू एउटा ट्याक्सी वाहनमा यात्रा गरिरहेका थिए।
पुलिस रिपोर्ट अनुसार, रम्फू पुरानो चेकपोस्टमा वाहनहरूको जॉंच अवधि शंका लागेपछि पुलिसले संदिग्धहरूसॅंग सोधपुछ एवं छानबिन गऱ्यो। यस क्रममा ८८ ग्राम संदिग्ध ब्राउन शुगर भेटियो। उक्त नशालु पदार्थ वाहनमा लुकाएर राखिएको थियो।
पुलिसले आरोपीहरू विरुद्ध एनडीपीएस एक्ट, १९८५ र बीएनएस २०२३ को धारा ३(५) अन्तर्गत मामिला दर्ता गरेको छ। पुलिसले मामिलाको सम्बन्धमा जॉंच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement